२१ वर्षीया महिलालाई माघ २ गते बलात्कार गरेको आरोपमा प्रहरीले सप्तकोशी नपा–५ का २१ वर्षीय रामसेवक सदालाई माघ १० गते गिरफ्तार गरेको छ ।
पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरूप, सप्तरीमा माघ ५ गते उजुरी दिएकी थिइन् । पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा माघ ६ गते भएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनरूपले आरोपित सदालाई गिरफ्तार गरी माघ १० गते उजुरी दर्ता गरेको डिएसपी नरेशकुमार सिंहले बताउनु भयो ।
घटनाबारे जानकारी पाएका स्थानीय महिला अधिकारकर्मीको पहलमा उजुरी दर्ता भएको पीडित महिलाकी आमाले बताइन् ।