INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका सचिवालय सदस्य सहित तीन जना गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य सहित तीन जनालाई प्रहरीले पुस २९ गते बागमती गाउँपालिका–७ गिम्दीस्थित खुर्मीको पुलबाट गिरफ्तार गरेको छ ।

गिरफ्तार गरिएकाहरूमा सुर्खेत जिल्ला पञ्चपुर नगरपालिका–१ निगाहापुर घर भएका सो पार्टीका सचिवालय सदस्य ५७ वर्षीय धर्मेन्द्र बास्तोला, कालिकोट जिल्ला रास्कोट नगरपालिका–३ स्युनापानीका ४२ वर्षीय विवेक कुमाल र सिन्धुली जिल्ला हरिपुर गाउँपालिकाका ३५ वर्षीय टीकाराम रखाल मगर रहेका छन् ।

बास्तोलासहित नेताहरूले राजनीतिक प्रशिक्षण सञ्चालन गरिरहेको अवस्थामा पुस २९ गते साँझ गिरफ्तार गरेको नेपाल बार एसोएसिएसन नेपालका केन्द्रीय सदस्य खिमानन्द अधिकारीले बताउनु भयो ।

त्यसक्रममा प्रहरीले एक थान ल्यापटप, आइफोन दुई थान र केही नगद समेत नियन्त्रणमा लिएको अधिकारीले जानकारी दिनुभयो ।

उनीहरूलाई माघ २ गते ललितपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी हातहतियार तथा बिस्फोटक पदार्थसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

अन्य

भिडियो