INSEC Online

📅 २०८३ जेष्ठ २१

पीडितद्वारा अदालतमा घरेलु हिंसाको उजुरी

तिरहुत गाउँपालिका–३ गोइठीकी २२ वर्षीया रन्जनीकुमारी दासलाई घरेलु हिंसा गरेको भन्दै २५ वर्षीय पति धर्मेन्द्र दास, ५० वर्षीय ससुरा रामानन्द दास, ४७ वर्षीया सासू सीतादेवी दास र २१ वर्षीय देवर जितेन्द्र दासविरुद्ध पुस २२ गते पीडितले जिल्ला अदालतमा उजुरी दर्ता गराउनुभएको छ ।

आरोपित देवरले कुदृष्ट्री राखी गरेको अनैतिक व्यवहारको प्रतिकार गर्दा शारीरिक र मानसिक यातना दिएको तथा पति र परिवारका सदस्यले समेत सहयोग नगरेको गुनासो गर्दै पीडितले आरोपितहरूविरुद्ध उजुरी दिएको बताउनु भयो ।

पीडितका अनुसार आरोपितहरूले १० लाख रुपियाँ दाइजो माग्दै असोज २५ गते घरनिकाला गरेपछि रुपनी गाउँपालिका–५ बसविट्टीस्थित माइतीघर विस्थापित हुनु परेको थियो ।

यौनिक, शारीरिक र मानसिक यातनाबाट पीडितका पतिले काठमाडौँमा दोस्रो विवाहको तयारी गरिरहेको पीडितका अधिवक्ता किरणकुमारी साहले जानकारी दिनु भयो । पीडितको विवाह सामाजिक परम्परा अनुसार ०७४ वैशाख २३ गते भएको हो ।

घरनिकालापछि पीडित माइतीघर विस्थापित भएको भन्दै रुपनी गाउँपालिका–५ का वडा अध्यक्ष जगदीश दासले आवश्यक कारवाही र समाधानका लागि जिल्ला प्रहरी कार्यालयमा पत्राचार गर्नु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले उजुरी दर्ता नगरेकाले आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा उजुरी दर्ता गरिएको अधिवक्ता साहले बताउनु भयो ।

अन्य

भिडियो