आठराई गाँउपालिका– ७ की २५ वर्षीया नेनुसा खापुङको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति चन्द्रकुमार कन्दङवालाई कात्तिक २ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले कात्तिक १ गते घरायसी विवादका क्रममा घाँटी थिचेर हत्या गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक २ गते प्रहरीमा उजुरी दिएको थियो ।
शवको पोष्टमार्टम गर्न जिल्ला अस्पताल आएको अवस्थामा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयमा डिएसपी गौतम थापाले बताउनु भयो ।
शवको पोष्टमार्टम जिल्ला अस्पतालमा कात्तिक २ गते गरिएको छ ।