INSEC Online

📅 २०८३ जेष्ठ २२

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

खाँदबारी नगरपालिका–६ की ६८ वर्षीया ज्येष्ठ नागरिक गोमादेवी चौँलागाईको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाँउका २० वर्षीय रेशम दियालीलाई असोज २३ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित र आरोपितबिच असोज २२ गते दिउँसो विवाद भएको र सोही राति आरोपितले लाठी र ढुङ्गा प्रहार गर्दा वृद्धाको घटनास्थलमै मृत्यु भएको खबर स्थानीयले प्रहरीलाई गरेका थिए ।

स्थानीयले आरोपितका विषयमा जानकारी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोष बुढाथोकीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

शवको पोष्टमार्टम असोज २३ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान(घोपा) मा गरिएको छ ।

अन्य

भिडियो