११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरी चौकी फत्तेपुरले सप्तकोशी नपा–१ का २२ वर्षीय शङ्कर साहलाई असोज ११ गते गिरफ्तार गरेको प्रहरी प्रधान कार्यालयका सूचना अधिकारी एसएसपी कुबेर कडायतले जानकारी दिनु भएको छ ।
पीडित बालिकालाई मादक पदार्थ सेवन गरेका आरोपितले असोज ९ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पतालमा असोज ११ गते गरिएको छ । पीडितकी माइजुले असोज १२ गते दिएको उजुरी इलाका प्रहरी कार्यालय कञ्चनरुपले सोही दिन दर्ता गरेको जनाएको छ ।