नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बागलुङ जिल्ला बडीगाड गाउँपालिका–५ का २५ वर्षीय रामबहादुर कुँवरलाई जिल्ला प्रहरी कार्यालय पर्वतले वैशाख २२ गते गिरफ्तार गरेको छ ।
राज्यविरुद्ध गतिविधि गरेको कसुरमा बागलुङ जिल्ला अदालतमा मुद्दा दर्ता भई वैशाख २२ गते साधारण तारेखमा रिहा भएका कुँवरलाई पर्वत प्रहरीले कुश्मा नगरपालिका–१ मालढुंगाबाट गिरफ्तार गरेको हो ।
प्रहरीले वैशाख २३ गते कुँवरलाई जिल्ला प्रशासन कार्यालय पर्वत मार्फत प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा हिरासतमा राखेको छ । कुँवरको स्वास्थ्य परीक्षण वैशाख २२ गते पर्वत अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर विकास थापाले जानकारी दिनुभयो ।