INSEC Online

📅 २०८३ जेष्ठ ३०

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले डोटीको शिखर नगरपालिका–५ का ४५ वर्षीय धनकुमार जोशीलाई जेठ ४ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले वडा प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको वडा प्रहरी कार्यालयका इन्स्पेक्टर वकिलबहादुर सिंहले बताए । पीडित युवतीको स्वास्थ्य परीक्षण सेती अञ्चल अस्पतालमा जेठ ४ गते गरिएको छ ।

अन्य

भिडियो