INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन प्रयास गरेको कसुरमा १० वर्ष कैदको फैसला

१८ वर्षीया युवतीलाई बेचबिखनका उद्देश्यले कामका लागि कतार लैजाने भन्दै माडीठोरी हुँदै भारत लैजाने क्रममा गिरफ्तार भएका तीन जना आरोपितलाई जिल्ला अदालतले जेठ २ गते कसुरदार ठहर गर्दै प्रत्येकलाई १० वर्ष कैद र जनही ५० हजार रुपियाँ जरिवानाको फैसला गरेको छ ।

न्यायाधीश राजेन्द्र अधिकारीको इजालासले आरोपितहरू भरतपुर मनपा–११ की ३० वर्षीया कुमारी बिक, ४० वर्षीय धनबहादुर बिक र ४२ वर्षीय महेन्द्र सुनारलाई उक्त फैसला सुनाएको अदालतका शाखा अधिकृत हरिगोपाल ज्ञवालीले बताए ।

०७४ चैत २२ गते उनीहरूलाई माइती नेपालले ठोरी नाकाबाट नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएको थियो ।

अन्य

भिडियो