INSEC Online

📅 २०८३ जेष्ठ २१

सिद्धलेक गाउँपालिकद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन

सिद्धलेक गाउँपालिकाले ०८२ माघ ११ गते करार शिक्षक छनौट परीक्षका लागि माघ १४ गते अन्तर्वार्ताका लागि मिति तय गरिएको सुचना सार्वजनिक गरी निवार्चन आचारसंहितको धारा १० को उपधारा (ङ) को उल्लंघन गरेको छ । सुचना आचार संहिता विपरीत शिक्षक छनौटको प्रकृया अगाडी विज्ञान विषयको मा.वि र प्रा.वि करारका एक/एक जनाको पदपूर्तिका लागि ०८२ पुस २५ गते सूचना गरि आवेदन मागेको भएपनि निर्वाचन आचार संहिता लागुभएपछि अहिले सबै किसिमका कर्मचारी नियुक्ति तथा छनौट गर्न निर्वाचन आचार संहिताले दिँदैन । निर्वाचन आचार संहिता माघ ४ गते मध्यराती देखि लागू भएको छ ।

सार्वजनिक सूचना गरि गाउँ पालिकाको वेबसाइड र फेसबुक पेजमा सार्वजनिक गरिएको छ। निर्वाचन अचार संहिताको त्रारा १० (ङ) मा नयाँ पद सिर्जना गर्ने, रिक्त पद पूर्ति गर्ने, भत्ता वृद्धि गर्ने लगायतका कुनै पनि आर्थिक सुविधा वा पुरस्कार प्रदान गर्न नहुने भनी उल्लेख रहेको मुख्य निर्वाचन अधिकृत राम प्रसाद शर्माले बताउनुभयो ।

सिद्धलेक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिशा आचार्यले पहिला नै प्रकृया थालेको भन्दै सुचना सार्वजनिक गरिएको बताउनुभयो ।

सिताराम अधिकारी

अन्य

भिडियो