INSEC Online

📅 २०८३ जेष्ठ २१

सर्लाहीमा १ सय ५८ मतदानस्थल संवेदनशील

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिले जिल्लाका मतदान स्थलहरूको स्थलगत निरीक्षण गरेको छ  । जिल्लाका ३ सय १२ मतदान स्थलमध्ये १ सय ५८ ओटा अति संवेदनशील र १ सय ३१ ओटा संवेदनशील मतदान स्थलको रुपमा सूचीकृत गरेको प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया जानकारी दिनु भयो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका सभापति गगन कुमार थापा उम्मेदवार बनेका कारण पनि  सो क्षेत्रमा रहेको ८१ वटै मतदान स्थल सुरक्षाको दृष्टिले अति संवेदनशील सूचीमा राखिएका छन् ।

नेपाल भारत सँग सिमाना जोडिएका स्थानहरूमा सुरक्षा चुनौती देखिएकाले ती क्षेत्रका मतदान स्थलहरुलाई प्राथमिकतामा राखेर अनुगमन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय एसपी योगेन्द्र कुमार खड्काले जानकारी दिनु भयो ।

 बुधन साह

अन्य

भिडियो