INSEC Online

📅 २०८३ जेष्ठ २१

लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमा ५ सय ९६ जना उम्मेदवारी

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमा ५ सय ९६ जनाको मनोनयन दर्ता भएको छ । जसमा गुल्मीमा दुई निर्वाचन क्षेत्रकोलागि ४३ जना, प्यूठानमा एक क्षेत्रकोलागि १४ जना, बाँकेमा तीन क्षेत्रका लागि ६० जना, पाल्पामा दुई क्षेत्रको लागि ३० जना, रोल्पामा एक क्षेत्रको लागि १२ जना, रुपन्देहीमा पाँच क्षेत्रको लागि एक सय ५३ जना, दाङमा तीन क्षेत्रको लागि ६२ जना, दुई बर्दियामा दुई क्षेत्रको लागि ४० जना, अर्घाखाँचीमा एक निर्वाचन क्षेत्रको लागि १५ जना, कपिलवस्तुमा तीन क्षेत्रकालागि ९८ जना, रुकुमपुर्वमा एक क्षेत्रका लागि १२ जना, नवलपरासी (सुस्ता पश्चिम)मा दुई निर्वाचन क्षेत्रका लागि ५७ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

इन्सेक गुल्मी प्रतिनिधि टोपलाल अर्यालका अनुुुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गुल्मी क्षेत्र नं. १ र २ मा ४३ जनाले मनोनयन दर्ता गरेका छन् । एमालेको केन्द्रिय पदाधिकारी तहमा पुगेका केन्द्रिय उपाध्यक्ष गोकर्ण बिष्ट गुल्मी क्षेत्र नम्बर २ बाट, नेपाली काङ्ग्रेसबाट भुवनप्रसाद श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीबाट श्रीराम महत, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गोबिन्द पन्थीले उम्मेद्बारी दर्ता गराउनु भएको छ । क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रदीप ज्ञवाली, नेपाली काँग्रेसका डाक्टर चन्द्र भण्डारी, नेपाली कम्युनिष्ट पार्टीबाट सुदर्शन बराल, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सागर ढकालले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
इन्सेक प्यूठान प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्युठानमा १४ जनाले उम्मेदवारी दर्ता दर्ता गराएका छन् । नेकपा (एमाले)बाट सूर्य थापा, नेपाली कांग्रेसबाट प्रा.डा.गोविन्दराज पोख्रेल, नेपाली कम्युनिष्ट पार्टीबाट कृष्णध्वज खड्का, राष्ट्रिय जनमोर्चाबाट तिलक जिसी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शुसान्त बैदिक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धनेश्वर पण्डित, विप्लब नेतृत्वको नेकपा माओवादीबाट सिता विक, श्रम संस्कृति पार्टीबाट गोविन्द गिरी, लोकतान्त्रिक प्रगतिशिल पार्टीबाट श्याम गहतराज, नेपाली जनता दलबाट विमल पोख्रेल, मंगोल नेशनल अर्गनाइजेशनबाट हर्कबहादुर पुन, नेकपा संयुक्तबाट नविन कुमार कक्षपति, नेशनल रिपब्लिक नेपालबाट तारासिंह थापामगर र आम जनता पार्टीबाट रोमबहादुर थापाले मनोनयन दर्ता गराउनु भएको मुख्य निर्वाचन अधिकृतको हिरण्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

बाँके जिल्लाका तीन निर्वाचन क्षेत्रको लागि ६० जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार बाँकेको क्षेत्र नम्बर १ मा ३ जना स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी दर्ता भएको छ भने क्षेत्र नम्बर २ मा ३ जना स्वतन्त्रसहित २२ जनाको उम्मेदवारी परेको छ । यसैगरी क्षेत्र नम्बर ३ मा ५ जना स्वतन्त्रसहित २२ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिष्ट पार्टीका दीपक जिएम र स्वतन्त्र स्वतन्त्र उम्मेदवार युर्यप्रकाश रेग्मीको उम्मेदवारी पेण्डिंगमा राखिएको छ । उनीहरुको नाम आयोगको वेवसाईटमा प्रविष्ट गर्दा कुनै कैफियत देखिएकाले पेण्डिङमा राखिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर शाहीले बताउनु भयो ।

बाँके क्षेत्र नम्बर १ मा दुर्गा थापा–नेपाल मजदुर किसान पार्टी, कृष्णा केसी–प्रगतिशील लोकतान्त्रिक पार्टी, दिवाकर वर्मा–स्वतन्त्र, धन बहादुर खड्का–उज्यालो नेपाल पार्टी, दिपक बहादुर शाही–स्वतन्त्र, सुरेश कुमार चौधरी–राष्ट्रिय स्वतन्त्र पार्टी, प्रदीप पौडेल–स्वतन्त्र, राजेन्द्र कुमार विश्वकर्मा–जनता समाजवादी पार्टी नेपाल, तुलसी राम सापकोटा–राष्ट्रिय जनमोर्चा, भरत निधि तिवारी–श्रम संस्कृति पार्टी, सूर्य प्रसाद ढकाल–नेकपा एमाले, फेरुलाल चौधरी–मंगोल नेशनल अर्गनाइजेन, दिपक बुढाथोकी–नेकपा (माओवादी), प्रदिप कुमार शाह–राष्ट्रिय प्रजातन्त्र पार्टी,नरेन्द्र प्रसाद पाण्डे–नेपाली कम्युनिष्ट पार्टी र नारायण प्रसाद गौडेल–नेपाली काँग्रेस बाट नाम दर्ता भएको छ ।

त्यसैगरी बाँके क्षेत्र नम्बर २ मा सरस्वती प्रसाद बर्मा–जनता समाजवादी पार्टी, गोपाल प्रसाद गिरी– स्वतन्त्र, प्रकाश शाह–नेपाल मजदुर किसान पार्टी, सौरभ जंग शाह– स्वतन्त्र, ऋषिराज देवकोटा– राप्रपा, राम चरण चौधरी– श्रम संस्कृति पार्टी, मोहम्मद इस्तियाक राई–नेकपा एमाले, महेन्द्र बहादुर चन्द– नेकपा, माओवादी, विजय कुमार गुप्ता–नेपाल जनता पार्टी, जगदिश ढकाल–राष्टिय जनमोर्चा, सुधान्सु कोईराला– नेपाली कांगे्रस, अब्दुल अमर साई –आम जनता पार्टी, दिपेन्द्र बिष्ट–नेपाल कम्युनिष्ट पार्टी,मनोज कुमार चौधरी– स्वतन्त्र, शैलेन्द्र कुमार कर्ण–उज्यालो नेपाल, मो. कमरुद्धिन राई– जनता समाजबादी पार्टी नेपाल, मजिल अली शेष – प्रगतिशिल लोकतान्त्रिक पार्टी , विवेक कुमार श्रेष्ठ –राष्ट्रिय स्वतन्त्र पार्टी ,बावु प्रकाश घिमिरे – राष्ट्रिय मुक्ति मोर्चा नेपाल,सिताराम यादव – राष्ट्रिय एकता दल, मोहमद आजाद साई – जनमत पार्टी, र इरफान अहमद शेष –राष्ट्रिय जनमत पार्टी बाट मनोनयन दर्ता गर्नु भएको छ ।

त्यसैगरी बाँके क्षेत्र नम्बर ३ मा नेपाल मजदुर किसान पार्टीबाट भूमि महतरा, मंगोल नेशनल अर्गनाइजेनबाट मनोज कुमार थारु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट खगेन्द्र सुनार, नेकपा माक्सवादी पुष्पलालबाट चन्द्रवीर कामी, नेकपा एमालेबाट सुमन मल्ल, श्रम संस्कृति पार्टीबाट ओमकार थापा मगर, ध्रुवराज थारु–नागरिक उन्मुक्ति पार्टी, रुप कुमार चन्द–मितेरी पार्टी नेपाल, तारक सिंह थारु–राष्ट्रिय प्रजातन्त्र पार्टी, मुबारक अलि दर्जी–राष्ट्रिय जनमत पार्टी, विद्या शर्मा–आम जनता पार्टी, अमर सिंह पुन–नेपाली काँग्रेस, सूर्यलाल यादव–जनता समाजवादी पार्टी नेपाल, मन बहादुर सुनार–राष्ट्रिय जनमोर्चा, तेजबहादुर भण्डारी–प्रगतिशील लोकतान्त्रिक पार्टी, पदम बहादुर घर्ति–स्वतन्त्र, चेतबहादुर ओली–स्वतन्त्र, भिमबहादुर सुनार–स्वतन्त्र, फिरोज खाँ–जनमत पार्टी, भगवती शाह–स्वतन्त्र, दिपक जिएम–नेपाली कम्युनिष्ट पार्टी (पेण्डिंग), सूर्य प्रकाश रेग्मी–स्वतन्त्र (पेण्डिंग) ले मननोयन दर्ता गर्नु भएको छ ।

मुख्य निर्वाचन अधिकृत माननीय न्यायाधीश दिपक कुमार दाहालले शान्तिपुर्ण रुपमा मनोनयन दर्ता सम्पन्न भइरहेको, शान्ति सुरक्षालाई समेत चुस्तदुरुस्त बनाइएको, निर्वाचनमा भाग लिने उम्मेद्वारहरुको उत्साहजनक सहभागीता देखिएको बताउनु भएको छ ।

बाँके जिल्लामा इन्सेकबाट पर्यवेक्षकहरु बरिष्ठ अधिवक्ता सुनिक कुमार श्रेष्ठ,इन्सेक कार्यसमितिका सदस्य अधिवक्ता विकास आर्चाय र लुम्बिनी प्रदेश संयोजक भोला महतले निर्वाचनमा भाग लिने उम्मेदवारहरुको मनोनयन दर्ताको प्रत्यक्ष पर्यवेक्षण गर्नु भएको थियो ।

इन्सेक पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाल्पामा ३० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

पाल्पा क्षेत्र नं. १ मा नेकपा एमालेबाट नारायण प्रसाद आर्चाय, नेपाली नेपाली कांग्रेसबाट सन्दिप राना, नेपाली कम्युनिष्ट पार्टीबाट हुमबहादुर सुनारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिमल पन्त र राष्ट्रिय जनमोर्चाबाट नरमती सिंजाली, मंगोल नेशनल अर्गनाइजेसन सलन चिदी, नेशनल रिपब्लिक नेपालबाट थमन सिंह रेग्मी मगर र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बृहस्पति अर्याल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट पुरन गैरे शर्मा, स्वतन्त्रबाट कौशल अर्याल, डिल्लीराज काफ्ले, जुद्धबहादुर विरकट्टा, वाछावली मिया गरी ९ दलबाट र ४ जना स्वतन्त्र गरी १३ जनाले मनोनयन दर्ता गरेको पाल्पा क्षेत्र नं. १ का निर्वाचन अधिकृत दशरथ पंगेनीले बताउनुभयो ।
पाल्पा क्षेत्र नं. २ नेकपा एमालेबाट ठाकुर गैरे, नेपाली कांग्रेसबाट हिमालदत्त श्रेष्ठ, नेपाली कम्यूनिष्ट पार्टीबाट सोमप्रसाद पाण्डेय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट माधव बहादुर थापाले उम्मेदवारी दर्ता गराउनुभयो ।

त्यस्तै राष्ट्रिय जनमोर्चाबाट बाल बहादुर दर्लामी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डुलबहादुर कुँवर, नेशनल रिपब्लिक नेपालबाट देव प्रसाद श्रेष्ठ, सार्वभौम नागरिक पार्टीबाट रामबहादुर अस्लामी, जनता समाजवादी एकल चुनाव चिन्हबाट खिक बहादुर रेश्मी, राष्ट्रिय जनमुक्तिबाट टोपबहादुर अस्लामी, मंगोल नेसनल अर्गनाईजेसन बाट मान बहादुर दर्लामी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट विष्णु ठडराई, प्रगतिशिल लोकतान्त्रिक पार्टी बोधराज जैसी, नेपाल मजदुर किसान पार्टीबाट कृष्ण सोभा मुस्याख्वले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यसैगरी मोहन कुमार थापा, देवी प्रसाद भण्डारी र केशवप्रसाद बस्यालले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

रोल्पामा फागनु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पामा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट वर्षमान पुनले, नेकपा एमालेबाट गोकुल घर्ती, नेपाली कांग्रेसबाट डा.सुदन वली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालाराम थापा लगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

न्सेक रुपन्देही प्रतिनिधि रीमा बि.सी.का अनुसार, आगामी फागुन २१ गतेका लागि रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा १ सय ५३ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

रुपन्देही क्षेत्र नम्बर एकमा २६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । २६ जनामध्ये १८ जनाले दलको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् भने आठ जनाले स्वन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कपिल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार रुपन्देही–१ मा एक जना महिला उम्मेदवारको मात्रै उम्मेदवारी परेको छ ।

रुपन्देही क्षेत्र नं २ मा सबैभन्दा धेरै उम्मेदवारी परेको छ । क्षेत्र नम्बर २ मा ४१ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार २१ जनाले दलको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् भने २० जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उता रुपन्देही क्षेत्र नम्बर ३ मा ३६ जनाको उम्मेदवारी परेको छ । दलको तर्फबाट १९ जनाले उम्मेदवारी दर्ता गराउदा १७ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतले जानकारी दिनुभयो । रुपन्देही–३ मा २ जना महिलाले उम्मेदवारी दिएका छन् ।

रुपन्देही क्षेत्र नम्बर ४ मा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १५ जना उम्मेदवारले दलको तर्फबाट उम्मेदवारी दिएका छन् भने सात जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको निर्वाचन अधिकृत टोपबहादुर बिष्टले जानकारी दिनुभयो । रुपन्देही–४ मा ३ जना महिलाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै रुपन्देही क्षेत्र नम्बर ५ मा २८ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । २८ मध्ये १९ जनाले दलको तर्फबाट उम्मेदवारी दिएको निर्वाचन अधिकृत गोपीकृष्ण रेग्मीले जानकारी दिनुभयो । ९ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएकोमा ३ जना महिला रहेको निर्वाचन अधिकृत रेग्मीले बताउनुभयो ।

इन्सेक दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार आगामी फागुन ६ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङका तीन सिटका लागि पाँच महिलासहित ६२ जनाको उम्मेदवारी परेको छ । माघ ६ गते लमही, घोराही र तुलसीपुरमा रहेका निर्वाचन अधिकृतको कार्यालयमार्फत राजनीतिक दल र स्वतन्त्र गरी ६२ जना उम्मेदवारले मनोनयन दर्ता गरेको प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिस प्रकाशप्रसाद पण्डितले जानकारी दिनुभयो । उहाँकाअनुसार निर्वाचन क्षेत्र नं. १ मा दुई स्वतन्त्रसहित १४ जना, निर्वाचन क्षेत्र नं. २ मा ८ स्वतन्त्रसहित २३ जना र निर्वाचन क्षेत्र नं. ३ मा ९ स्वतन्त्रसहित २५ जनाले मनोनयन दर्ता गरेका हुन् । कुल ६२ उम्मेदवारमध्ये १९ स्वतन्त्र उम्मेदवारी छ भने बाँकी राजनीतिक दलहरुले उम्मेदवार उठाएका छन् ।

तीनवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्णरुपमा मनोनयन कार्यक्रम सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले जनाएको छ । राजनीतिक दलहरुले पालैपालो विभिन्न झाँकी, जुलुस, ¥यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उत्साहपूर्वक उम्मेदवारी दर्ता गरेका हुन ।

इन्सेक बर्दिया प्रतिनिधि प्रकाश पौडेलका अनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बर्दियाका क्षेत्र न. १ बाट तीन स्वतत्र सहित २२ जना र क्षेत्र न. २ बाट एक स्वतत्र सहित १८ जना गरी जम्मा ४० जनाले उम्मेदवारी दर्ता गर्नु भएको छ । जसमा पाँच जना महिला उमेदवार रहेका छन् ।

मुख्य निर्वाचन कार्यालयका निर्वाचन अधिकृत कमल घलेले प्रतिनिधि सभा क्षेत्र १ मा नेकपा एमालेबाट शालिकराम अधिकारी, नेपाली काँग्रेसबाट सञ्जय कुमार गौतम, नेपाली कम्युनिष्ट पार्टीबाट विष्णु प्रसाद थारु, नागरिक उन्मुक्ति पार्टीबाट नेपाल अब्दुल खान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ठाकुरसिंह थारु, स्वतन्त्रबाट निर्मल अधिकारी, श्रम संस्कृति पार्टी धनबहादुर बिकले उम्मेदवारी दिएका छन् । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी संयुक्तबाट इन्दबहादुर रावल, स्वतन्त्रबाट धनश्याम अधिकारी, नेपाल जनमुक्ति पार्टी चन्द्रा कुमारी राजगुरु, मंगल नेशनल अर्गनाइजेशनबाट ज्योति योञ्जन, नेपाल मजदुर किसान पार्टीबाट पवित्रा शाही उम्मेदवारी परेको छ । भने जनता समाजवादी पार्टी नेपालबाट मनोज यादव, नेपाल समाजवादी पार्टीबाट मेघबहादुर कामी, स्वतन्त्रबाट मोहन जंग पौडेलले जनमत पार्टीबाट यमनाथ घिमिरे, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट राजु रानाभाट, राष्ट्रिय जनमोर्चाबाट लोकबहादुर राना मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वीरबहादुर कामी र राष्ट्रिय परिवर्तन पार्टीबाट श्यामप्रसाद थारू ले उम्मेदवारी दिएको जानकारी दिनुभयो ।

त्यसैगरी प्रतिनिधी सभा क्षेत्र नं २ मा नेकपा एमालेबाट विमला बिक, नेपाली काँग्रेसबाट किशोरसिंह राठोर, नेपाली कम्युनिष्ट पार्टीबाट सुरेश पन्त, नागरिक उन्मुक्ति पार्टीबाट नेपाल खुशीराम थारु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रीधर पोखरेल, श्रम संस्कृति पार्टी मानबहादुर बैगार, नेपाल कम्युनिष्ट पार्टी संयुक्तबाट निता शर्मा रहेको छन् । त्यसैगरी स्वतन्त्रबाट नुतनकुमार चौधरी, मंगल नेशनल अर्गनाइजेशनबाट सोमबहादुर तामाङ, नेपाल मजदुर किसान पार्टीबाट धर्मराज जैसी, जनता समाजवादी पार्टी नेपालबाट अनिरुध्दा गुप्ता, जनमत पार्टीबाट शशीकुमार यादब रहेका छन् । भने प्रगतिशील लोकतान्त्रिक पार्टीबाट नेत्र आचार्य, राष्ट्रिय जनमोर्चाबाट रतन सिंह रावल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुशील चौधरी, उज्यालो नेपाल पार्टीबाट धर्मबहादुर चौधरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी विप्लप )बाट टिकाराम चौधरीले उम्मेदवारी दिएको निर्वाचन अधिकृत गोबिन्द प्रसाद घिमिरेले बताउनु भयो ।

इन्सेक अर्घाखाँची प्रतिनिधि कूल बहादुर नेपालीका अनुसार, आगामी फागनु २१ गते हुन गैरहेको प्रतिनिधि सभा सदस्य निर्बाचनको लागि मुख्य निर्बाचन अधिकृतको कार्यालयमा एक निर्वाचन क्षेत्रको लागि १ जना स्वतन्त्र महिला सहित १५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीमा जिल्लाबाट प्रतिनिधि सभा सदस्य निर्बाचनको लागि उम्मेदवारी मनोनय दर्ता गराउनेहरुमा प्रगतिशिल पार्टीबाट पुस्करनाथ आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि प्रसाद भुसाल, राष्ट्रिय जनमोर्चाबाट पशुपतिनाथ ढकाल, स्वतन्त्रबाट रबि शाह, मंगोल नेशनल अर्गनाईजेसनबाट सूर्य बहादुर गुरु¨, नेपाल कम्युनिष्ट पार्टी(एमाले) बाट पिताम्बर भुसाल, नेपाली कम्युनिष्ट पार्टीबाट राम बहादुर चौहान, नेशनल रिपब्लिक नेपालबाट बिष्णु बहादुर गाहा, जनता समाजवादी (एकलचिन्ह)बाट टुक बहादुर चेवाली, आमजनता पार्टीबाट दुर्गा बहादुर भाट क्षेत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झबिन्द्र फुललेल, नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट खिम बहादुर घर्ति मगर, स्वतन्त्रबाट हिमाल भुसाल, नेपाली काँग्रेसबाट बिष्णु प्रसाद खनाल र स्वतन्त्रबाट पम्फा श्रेष्ठले उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।

आगामी फागनु २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्बाचनका लागि जिल्लाको मतदाता संख्या १ लाख ७१ हजार ६ सय ५२ मध्ये महिलाको संख्या ८४ हजार ४ सय ९५ र पूरुषको संख्या ८७ हजार १ सय ५७ कायम रहेका छन् ।

इन्सेक कपिलवस्तु प्रतिनिधि रीमा बि.सी का अनुसार कपिलवस्तुमा आगामी फागनु २१ गते हुने प्रतिनिधि सभाको निर्बाचनमा ३ क्षेत्रका लागि ९८ जनाले उम्मेदवारी दिएका छन । त्यस मध्ये दलको तर्फबाट ५० र स्वतन्त्र ४८ जनाले उम्मेदवारी दिएका हुन । मुख्य निर्बाचन अधिकृतको कार्यालय अनुसार क्षेत्र नम्बर १ मा २० दल र १४ स्वतन्त्र गरी कुल ३४ जनाको उम्मेदवारी परेको छ । र उम्मेदवारले शान्तिपूर्ण बातावरणमा मनोनयन दर्ता गराए ।

यस्तै क्षेत्र नम्बर २ मा १७ दल र ११ स्वतन्त्र गरी २८ जनाको उम्मेदवारी दर्ता भएको छ । यसैगरी क्षेत्र नम्बर ३ मा १३ दल र २३ स्वतन्त्र गरी ३६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत रमेश शर्माले बताउनुभयो ।
प्रतिनिधि सभा निर्वाचनका लागि कपिलवस्तु २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्व एसएसपी विक्रम सिंह थापाले उम्मेदवारी दिनुभएको छ । त्यस्तै नेकपा एमालेबाट नेता दीर्घ वनारायण पाण्डे, नेपाली कांग्रेसबाट नेता सुरेन्द्रराज आचार्य, नेपाली कम्युनिस्ट पार्टी पूर्व सांसद बृजेश कुमार गुप्ताले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै कपिलवस्तु क्षेत्र नं. ३ मा १३ दल र २३ स्वतन्त्र पार्टी गरी जम्मा ३६ दलले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत कुवेर पाण्डेले बताउनुभयो । त्यस्तै निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसबाट अतहर कमाल एमालेबाट विश्राम प्रसाद चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट मोहन आचार्य र कांग्रेसमा विद्रोह गरी स्वतन्त्र रुपमा युवा नेता आशिष शर्माले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कुवेर कुमार गौतमले बताउनुभयो ।

इन्सेक रुकुम (पूर्व) प्रतिनिधि जयनारायण पुनका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एक निर्वाचन क्षेत्र रहेको रुकुमपुर्वमा दुई महिलासहित १२ जनाले उम्मेदवारी दिएका छ्न ।
रुकुमपुर्वमा नेपाली कम्युनिस्ट पाटिका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दिनुभएको छ भने नेपाली काँग्रेसकी कुसुमदेवी थापा, नेकपा एमालेका लीलामणि गौतम, रास्वपाका लखन कुमार थापा, जसपाका सिर बहादुर थापा, नेकपा (माओवादी )का जुद्दबहादुर बुढा मगर, प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्दिप पुन, नेसनल रिपब्लिक नेपालका धर्मकुमार बुढा, राजमोका चन्द्रप्रशाद शाही, राप्रपाका रोशन शाह, मंगोल नेसनल अर्गनाइजेसनका ज्योति रोकामगर र अमरसिङ पुनले स्वतन्त्र उम्मेदवारी दिनुभएको सहायक निर्वाचन अधिकृत इश्वरी प्रसाद सुबेदिले जानकारी दिनुभयो ।

इन्सेक नवलपरासी (सुस्ता पश्चिम) प्रतिनिधि नारायण पराजुलीका अनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नवलपरासी (सुस्ता पश्चिम) क्षेत्र नं. १ बाट एक महिला उम्मेदवार सहित ३० जना र क्षेत्र न. २ बाट एक महिला सहित २७ जना गरी जम्मा ५७ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ । निर्वाचन क्षेत्र नं. १ को लागि विन्दु न्यौपाने र क्षेत्र नं २ को लागि माननिय न्यायाधिस डा. राजेन्द्र प्रसाद आचार्य निर्वाचन अधिकृतको रुपमा खटिनु भएको छ ।

लुम्बिनी प्रदेश कार्यालय

अन्य

भिडियो