INSEC Online

📅 २०८३ जेष्ठ २१

गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रमा २ सय ४७ जनाको उम्मेदवारी दर्ता

आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र व्यक्ति सहित २ सय ४७ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

इन्सेक कास्की प्रतिनिधि संजय रानाभाटका अनुसार निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार कास्कीका ३ वटा क्षेत्रका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ४९ जना उम्मेदवारहरुको मनोनयन दर्ता भएको छ ।

कास्की निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि १७ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । नेपाली कांग्रेसकाका तिलकबहादुर रानाभाट, नेकपा एमालेका बैन बहादुर क्षेत्री (अधिकारी), नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का खडक राज पौडेल, नेकपा माओवादी केन्द्रका कुमार परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बाबुराम थापा, उज्यालो नेपाल पार्टीका मनिषा द्वा, राष्ट्रिय जनमोर्चाका रविमोहन ढकाल, जनता समाजवादी पार्टी नेपालका रामकाजी चर्माकार, आम जनता पार्टीका हर्कबहादुर थापा, मंगोल नेशनल अर्गनाइजेसनका श्रीमान थापा, नेपाल जनमुक्ति पार्टीका मिनबहादुर दर्जी, नेशनल रिपब्लिक नेपालका यजबहादुर गुरुङ, नेपाल मानवताबादी पार्टीका आशबहादुर दमै, प्रगतिशील लोकतान्त्रिक पार्टीका कर्णबहादुर गुरुङ, श्रम संस्कृति पार्टीका विनबहादुर तामाङ लामा र स्वतन्त्र उम्मेद्वारका रूपमा कृष्णबहादुर राउतले उम्मेद्वारी दर्ता गराएका छन् ।

कास्की प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा आगामी निर्वाचनका लागि १७ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला मधु, नेकपा एमालेकी रश्मी आचार्य, नेपाली कम्युनिष्ट पार्टीका हेमबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उत्तमप्रसाद पौडेल, नेकपा माओवादी केन्द्रका प्रेमबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हेमजंग गुरुङ, नेपाल मजदुर किसान पार्टीका विनिता अबाल, उज्यालो नेपाल पार्टीका कुशल गुरुङ, मंगोल नेशनल अर्गनाइजेसनका ओमबहादुर गुरुङ, नेशनल रिपब्लिक नेपालका ज्ञानराज गुरुङ, नेपाल जनमुक्ति पार्टीका खयमबहादुर गुरुङ, प्रगतिशील लोकतान्त्रिक पार्टीका दीपक भण्डारी र स्वतन्त्र उम्मेद्वारका रूपमा पाँच जनाले मनोनयन दर्ता गराएका छन् । जसमा विष्णुप्रसाद तिवारी, रामचन्द्र आचार्य, निरन्जन कोइराला, निर्दोषविक्रम पौडेल र वसन्तराज घिमिरे छन् ।

कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा १५ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । नेपाली कांग्रेसका मनोज गुरुङ, नेकपा एमालेका दामोदर पौडेल बैरागी, नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बिना गुरुङ, नेकपा माओवादीका कमल खड्का विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अर्जुनप्रसाद खनाल, नेपाल मातृभूमि पार्टीका ओमप्रकाश विश्वकर्मा, आम जनता पार्टीका कुशल थापा क्षेत्री, मंगोल नेशनल अर्गनाइजेसनकाका जीवनबहादुर गुरुङ, संयुक्त नागरिक पार्टीका टेकबहादुर सार्की, श्रम संस्कृति पार्टीका हितकाजी गुरुङ, नेपाल मजदुर किसान पार्टीका मिना न्हिसुतु, नेशनल रिपब्लिक नेपालका तीर्थ गुरुङ, नेपाल जनमुक्ति पार्टीका मिन बहादुर थापा र उज्यालो नेपाल पार्टीका तर्कबहादुर गुरुङले मनोनयन उम्मेद्वारी दर्ता गराएका छन् ।

इन्सेक तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार प्रतिनिधि सभाको निर्वाचनको लागि प्रत्यक्ष तर्फको उम्मेदवार मनोनयनदर्ता सम्पन्न भएको छ । क्षेत्र नम्बर १ को मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौली र क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय शुक्लागन्डकीमा उम्मेदवारहरुको मनोनयन दर्ता भएको छ । क्षेत्र नम्बर १ मा तीन स्वतन्त्र सहित १६ जनाले उम्मेदवारी दिएका छन् । सबैभन्दा पहिले स्वतन्त्र उम्मेदवार दिपकराज जोशीले उम्मेदवारी दिएका थिए । त्यसपछि क्रमशः मंगोल नेशनल अर्गनाईजेशनका प्रेमबहादुर थापा, नेपाल जनमुक्ती पार्टीका यामबहादुर आले, नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकाल, नेशनल रिपब्लिक नेपालका सुमन थापा मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशी, उज्यालो नेपाल पार्टीका मन्जिल राना, श्रम संस्कृती पार्टीका काशिराम गुरुङ, नेकपा एमालेका भगवती न्यौपाने, नेपाल मजदुर किसान पार्टीका रामलक्ष्मी दुवाल, राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्ले, नेपाली काँग्रेसका गोविन्द भट्टराई, स्वतन्त्र उम्मेदवार सन्देश रानाभाट लौडारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का ओमविक्रम पन्त र स्वतन्त्र उम्मेदवार लेखनाथ खनाल रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी क्षेत्र नम्बर २ मा १२ जनाले उम्मेदवारी दिएका छन् । सबैभन्दा पहिले राष्ट्रिय जनमुक्ति पार्टीका लालबहादुर सार्की (गोतामे)ले उम्मेदवारी दर्ता गरे । त्यसपछि क्रमशः राष्ट्रिय प्रजातन्त्र पार्टीका यमबहादुर ठकुरी, नेपाल जनमुक्ति पार्टीका पुर्णबहादुर राना, नेकपा एमालेका केदार सिग्देल, मंगोल नेशनल अर्गनाइजेशनका सुष्मा आले, नेशनल रिपब्लिक नेपालका नमबहादुर राना, नेपाल मजदुर किसान पार्टीका लक्ष्मण अधिकारी, नेपाली कम्युनिष्ट पार्टीका सोमबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका श्रीराम न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का गणेशबहादुर गोतामे, उज्यालो नेपाल पार्टीका मनराज गुरुङ र नेपाली काँग्रेसका शंकर भण्डारीले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

इन्सेक म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय बेनी स्थित जिल्ला समन्वय समितिको कार्यालयमा १३ जना उम्मेदवारहरुको मनोनयन दर्ता गरिएको छ । उम्मेदवारी दिनेमा नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी केबी, नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीका अर्जुन थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यूवराज रोका, स्वतन्त्रबाट महावीर पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्भरबहादुर सुबेदी, नेकपा (माओवादी) का क्षेत्रबहादुर घिमिरे (धुब्र), प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का देबेन्द्र कामी, मंगोल नेशनल अर्गनाइजेसनका भिमबहादुर लामा, श्रम संस्कृति पार्टीका बिनोद राना, जनमोर्चा पार्टीका छेमबहादुर विक, नेशलनल रिपब्लिक नेपालका तुलप्रसाद गर्बुजा र स्वतन्त्रबाट नविन जिसी रहेका छन् ।

इन्सेक मुस्ताङ प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार मुस्ताङमा नेकपा (एमाले) का इन्द्रधारा विष्ट, नेपाली कांग्रेसका योगेश गौचन थकाली, नेपाली कम्युनिस्ट पार्टीका ङुटुक गुरूङ, राष्ट्रिय स्वतन्त्र पार्टीका आदित्य चन्द्र थकाली, आम जनता पार्टीका अजय विक, मङ्गोल नेसनल अर्गनाइजेसनका यमबहादुर गुरूङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका कमला लालचन र उज्यालो पार्टीका डा. सुरेन्द्र शेरचनले उम्मेदवारी दर्ता दर्ता गराएका छन् ।

इन्सेक गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार आसन्न प्रतिनिधि सभानिर्वाचनका लागी गोरखा क्षेत्र नम्बर १ मा १३ जनाले उम्मेदवारी दिएका छन् । गोरखा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रेम कुमार खत्री, नेपाली कम्यूनिष्ट पार्टी(नेकपा) का हरि राज अधिकारी, नेकपा एमालेका रामचन्द्र लामिछान े(आरसी लामिछाने), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सुधन गुरुङ, उज्यालो नेपाल पार्टीका रामकाजी राना मगरले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल कम्यूनिष्ट पार्टी(माओवादी)का विष्णु प्रसाद रिजाल, नेशनल रिपब्लिक नेपालका आकाश राना मगर, नेपाल मजदुर किसान पार्टीका मनु कुमारी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका केदार मणी खनाल, प्रगतिशिल लोकतान्त्रिक पार्टीका गोपाल वावु श्रेष्ठ, मंगो नेशलन अर्गनाइजेशनका देव बहादुर थापा र संयुत्त नागरिक पार्टीका जित बहादुर घलेले उम्मेदवार दर्ता गराएका छन् ।

गोरखा क्षेत्र नम्बर २ मा १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रगतिशिल लोकतान्त्रिक पार्टी(प्रलोपा) का बाबुराम भट्टराई, नेपाली कांग्रेसका प्रकाश चन्द्र दवाडी, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का कविन्द्र वुर्लाकोटी, नेपाली कम्यूनिष्ट पार्टी(नेकपा) का लेखनाथ न्यौपाने, नेकपा एमालेका मिलन गुरुङ (चक्रे मिलन) आम जनता पार्टीका कल्पना कुमाल, नेपाल कम्यूनिष्ट पार्टी(माओवादी) का टेक वहादुर प्रधान, मंगोल नेशलन अर्गनाइजेशनका सोम वहादुर गुरुङ, नेपाल मजदुर किसान पार्टीका राम शरण वुढाथोकी, उज्यालो नेपाल पार्टीका बलराम तामाङ, नेशन रिपब्लीक नेपालका प्रसाद गुरुङले उम्मेदवारी दिएका छन् । त्यस्तै चुडा प्रसाद ढकाल र हरि पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

इन्सेक लमजुङ प्रतिनिधि सुमित्रा भुजेलका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङमा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा (एमाले) का पृथ्वीसुब्बा गुरुङ, नेपाली कांग्रेसका गमप्रसाद गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धर्मराज केसी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केविन्द्रजङ गुरुङ, नेकपाका हरिजङ तामाङ, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का गुहेश्वरी प्रजापति मगजु, नेकपा (माओवादी) का रवीन्द्र नखोला, नेसनल रिपब्लिक नेपालका भरत गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनका विकास गुरुङ, श्रम संस्कृति पार्टीका कोषलाल गुरुङ र जनादेश पार्टीका मिलन बास्कोटा र सन्तोष घिमिरेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

इन्सेक बागलुङ प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार आसन्न प्रतिनिधि सभानिर्वाचनका लागी बागलुङ क्षेत्र नम्बर १ मा १२ जनाले उम्मेदवारी दिएका छन् । नेपाल मानवताबादी पार्टीका भक्तबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका कल्याण आचार्य, मंगोल नेशनल अर्गनाईजेशनका गुमा कुमारी बुढा राना मगर, राष्ट्रिय स्वतन्त्र पार्टीका शुशिल खड्का, नेपाल कम्युनिष्ट पार्टी एमालेका हिरा बहादुर केसी, प्रगतिशल लोकतान्त्रिक पार्टीका चित्रप्रसाद सापकोटा, नेपाली काँग्रेसका भिमबहादुर श्रीस राना, नेशनल रिपब्लिक नेपालका सहविर थापा, राष्ट्रिय जनमोर्चा पार्टीका कृष्ण प्रसाद शर्मा अधिकारी, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ती र नेपाल कम्युनिष्ट पार्टी माओबादीका टेकबहादुर केसीले उम्मेदवारी दर्ता गराएकोे सहायक निर्वाचन अधिकृत पुर्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रतिनिधि सभानिर्वाचनका लागि बागलुङ क्षेत्र नम्बर २ मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसका टेकराज पौडेल, नेकपा एमालेका मञ्जु शर्मा चालिसे, नेपाली कम्युनिस्ट पार्टीका ज्ञामनाथ गैरे, प्रजातन्त्र पार्टी (राप्रपा) का अञ्चल शाही, मंगोलनेशनल अर्गनाइजेशनका जुनबहादुर थापा, मानवतावादी पार्टीका टेकप्रसाद कामी, नेशनल रिपब्लिक पार्टीका नरबहादुर बुढा, प्रगतिशील लोकतान्त्रिकका पदमबहादुर कुँवर, जसपाका पूर्णबहादुर घर्ती मगर, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का लोकेन्द्र घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्मा र श्रम संस्कृति पार्टीका हर्कबहादुर पुनले उम्मेदवारी दर्ता गराएको क्षेत्र नम्बर २ का सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिनुभयो ।

इन्सेक पर्वत प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार प्रतिनिधि सभानिर्वाचनका लागि पर्वतमा १७ जनाले उम्मेदवारी दिएका छन् । राप्रपा नेपालका दुर्गाबहादुर मल्ल, उज्यालो नेपालका यमबहादुर चोचाङ्गी, रास्वपाका सागर भुषाल, आम जनता पार्टीका पवित्रा मल्ल, नेकपा माओवादीका कृष्णबहादुर बिक, राष्ट्रिय जनमुक्ति पार्टीका मायाँ पाइजा पुन, जनमोर्चाका भिमलाल न्यौपाने, नेमकिपाका एलिना सुवाल, मंगोल नेशनल अर्गनाइजेसनका लालकुमारी थापा, नेकपा एमालेका पदम गिरी, नेपाली कांग्रेसका अर्जुन प्रसाद जोसी, स्वतन्त्र उम्मेदवारमा मिना पौडेल, सितादेवी शर्मा, सावित्रि शर्मा र गंगालाल रिमाल, नेसनल रिपलब्लिकन पार्टीका बिरबहादुर गुरुङ र नेपाली कम्युनिष्ट पार्टीका मनहरी शर्माले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

इन्सेक मनाङ प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार जिल्लामा पाँच ओटा दलले उम्मेद्वारी दर्ता गराएका छन् । मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर घले, नेपाली कांग्रेसका टेकबहादुर गुरुङ, नेकपा एमालेका पोल्देन छोपाङ गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुविरसिंह गुरुङ, नेपाली कम्युनिस्ट पार्टीका यशोदा सुवेदी गुरुङले जिल्ला निर्वाचन कार्यालय मनाङका सूचना अधिकारी गोविन्दप्रसाद अर्यालले बताउनुभयो ।

इन्सेक नवलपरासी पूर्व प्रतिनिधि दयाराम आचार्यका अनुसार जिल्लाका दुई निर्वाचन क्षेत्रका लागि ३७ उम्मेद्वारी दर्ता गरेका छन् । निर्वाचन क्षेत्र नम्बर १ तर्फ १९ जना र निर्वाचन क्षेत्र नम्बर २ तर्फ १८ जनाको उम्मेद्वारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय नवलपुरका सूचना अधिकारी पे्रम प्रसाद पौडेलले बताउनुभयो ।

नवलपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चा पार्टीका चन्द्र दत्त सापकोटा, समाजवादी पाटीका छविलाल मगर, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का जगन्नाथ अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक चन्द्र बास्ताकोटी, उज्यालो नेपाल पार्टीका पार्वती गुरुङसेनी, नेपाली कांग्रेसका बालकृष्ण घिमिरे, नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) का बेलबहादुर सारु, नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत माक्र्सवादी लेनिनवादी) का भागिरथ सापकोटा, श्रमसंस्कृति पार्टीका भीम चन्द्र गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम, मंगोल नेशनल अर्गनाइजेसनका राजु गुरुङ, नेपाल कम्यूनिष्ट पार्टीका लोक प्रसाद भुर्तेल, नेसनल रिपब्लिक नेपालका विष्णुमान बिक, राष्ट्रिय जनमुक्ति पार्टीका शत्रुघन थापा, नेपाली कांग्रेसका राजेन्द्र बहादुर आले र स्वतन्त्रबाट अविनास सुनार, गोकुल शर्मा, बिन्दु केसी, लक्ष्मण श्रेष्ठको उम्मेदवारी परेको छ ।

क्षेत्र नम्बर २ मा नेपाल कम्यूनिष्ट पार्टी (माओवादी)का गंगा प्रसाद ज्ञवाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका रुन कुमारी महतो, नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत माक्र्सवादी लेनिनवादी) का तिलबहादुर महत क्षेत्री, श्रमसंस्कृति पार्टीका कमल चापागाई, राष्ट्रिय जनमोर्चा पार्टीका विष्णु गिरी, मंगोल नेशनल अर्गनाइजेसनका निब बहादुर आले, राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष खनाल, आम जनता पार्टीका लक्ष्मी सोमै मगर, नेपाल कम्यूनिष्ट पार्टीका गणेशमान महतो, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का मानसिंह महतो, राष्ट्रिय जनमुक्ति पार्टीका खेम बहादुर राना, नेपाली कांग्रेसका ओम बहादुर घर्ती र स्वतन्त्र तर्फका बीमा कुमारी भुषाल, सशीला देवकोटा न्यौपाने, गीता कुमारी लामीछाने, भरतप्रसाद ओस्ती, टोलबहादुर लुंगेली मगर र प्रेम बहादुर सिंजाली मगरको उम्मेदवारी परेको छ ।

इन्सेक स्याङ्जा प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसारका प्रतिनिधि सभा निर्वाचनका लागि स्याङ्जाका दुई निर्वाचन क्षेत्रमा ६ स्वतन्त्र र १२ राजनीतिक दलबाट उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नम्बर १ मा दुई जना स्वतन्त्र उम्मेदवारसहित १३ जनाले मनोनयन दर्ता गरेका छन् । जसमा नेपाली कम्युनिष्ट पार्टीका शैलेन्द्र घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. धनञ्जय रेग्मी, नेशनल रिपब्लिक नेपालका अर्जुनकुमार गुरुङ र नेकपा एमालेका मीनप्रसाद गुरुङ, मंगोल नेशनल अर्गनाइजेसनका यमबहादुर गुरुङ, नेपाली कांग्रेसका भरतराज ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हुकुमबहादुर राना, उज्यालो नेपाल पार्टीका रवीन्द्र मल्ल, नेकपा माओवादी केन्द्रका सोमबहादुर परियार, प्रगतिशील लोकतान्त्रिक पार्टीका रणबहादुर विक र श्रम संस्कृति पार्टीका पिरन गुरुङ र अशोक विष्ट र मनोज नेपाली दर्जीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसमा ४ जना स्वतन्त्र उम्मेदवार छन् । राष्ट्रिय जनमुक्ति पार्टीका हरिदेव थापा, नेपाली कम्युनिष्ट पार्टीका पदमबहादुर विक, नेपाली कांग्रेसका भागवत प्रकाश मल्ल, जय मातृभूमि पार्टीका धनबहादुर थापा, नेशनल रिपब्लिक नेपालका तेजबहादुर थापा, मंगोल नेशनल अर्गनाइजेसनका खर्कबहादुर थापा, राष्ट्रिय जनमोर्चाका राजेन्द्र गैह्रे, राप्रपाका रविन पाठक, एमालेका खिमबहादुर थापा, रास्वपाका झविलाल डुम्रे, प्रगतिशील लोकतान्त्रिक पार्टीका टीकाराम रेग्मी र दिलीप श्रेष्ठ, खिमबहादुर क्षेत्री, घनश्याम पाण्डे र सागर थापा मगरले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

गण्डकी प्रदेश कार्यालय

अन्य

भिडियो