INSEC Online

📅 २०८३ जेष्ठ २१

लोकतन्त्र, मानव अधिकार र विधिको शासनको परिधिभित्र रहेर कार्य गर्न आयोगको सुझाव

देशको शान्ति सुरक्षा, मानव अधिकारको संरक्षण र आगामी सुरक्षा चुनौतीको आँकलन गर्दै लोकतन्त्र, मानव अधिकार र विधिको शासनको परिधिभित्र रहेर कार्य गर्न नेपाली सेनालाई राष्ट्रिय मानव अधिकार आयोगले सुझाव दिएको जनाएको छ ।

जेन्जी प्रदर्शन र त्यसपछिको बदलिँदो राजनीतिक परिस्थितिमा सक्रियताका साथ मानव अधिकारको अवस्थाको अनुगमन गरिरहेको ०८२ भदौ ३१ गते जारी विज्ञप्तीमा जनाइएको छ ।

नेपाली सेनाको संरक्षणमा रहेकाहरुसँग सम्पर्कमा रही उनीहरुको सुरक्षा र स्वास्थ्य अवस्थाको सम्बन्धमा जानकारी लिइरहेको आयोगले जनाएको छ ।

जेन्जी प्रतिनिधिहरु, मृतकका परिवार, घटनाका घाइते, घटनाका अन्य प्रभावितहरु तथा बालबालिकाहरुसँग निरन्तर भेटघाट गरिरहेको आयोगको विज्ञप्तीमा उल्लेख छ ।

यसै सन्दर्भमा आयोगका पदाधिकारी र प्रधान सेनापति अशोकराज सिग्देल बिच आयोगमा भेटघाट भई बदलिँदो परिस्थितिमा देशको शान्ति सुरक्षा र नेपाली सेनाको संरक्षणमा रहेकाहरुको अवस्था सम्बन्धमा छलफल भएको आयोगका सहसचिव एवम् प्रवक्ता डाक्टर टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

अन्य

भिडियो