बैजनाथ गाउँपालिका— ३ स्थित नौवस्ता बालसुधार गृहमा प्रहरी र बालबन्दीबीच झडप हुँदा सात जना घाइते भएपछि उपचारको क्रममा नेपालगञ्ज स्थिति भेरी अस्पतालमा लैजाँदै गर्दा पाँच जना बालबन्दीको मृत्यु भएको छ । घाइते दुई जनाको भेरी अस्पताल उपचार भइरहेको छ ।
मृत्यु हुनेहरुमा दैलेख जिल्ला माहाबु गाउँपालिका—२ का २१ वर्षीय भुपेन्द्र खत्री, बाँके जिल्ला खजुरा गाउँपालिका—१ का २० वर्षीय समिर थापा, अछाम जिल्ला रामरोशन गाउँपालिका—४ का २१ वर्षीय उमेश विष्ट, कैलाली जिल्ला लम्कीचुहाँ नगरपालिका—६ का १९ वर्षीय जगत देउवा र दाङ जिल्ला घोराही उपमहानगरपालिका–१३ का २० वर्षीय दिनेश घर्तीमगर रहेका छन् । त्यसैगरी घाइते हुनेहरुमा बाँके जिल्ला खजुरा गाउँपालिका– ६ का २० वर्षीय सन्देश गुरुङ्ग र सप्तरी जिल्ला गोडासाही गाउँपालिकाका २० वर्षीय तुलसीलाल राय रहेका छन् ।
जेनजीको आन्दोलन चर्किंदा नौबस्ताको बालसुधार गृहमा रहेका कैदीबन्दीहरु पनि भाग्न खोजेकोले प्रहरीले रोक्न खोज्दा दुईपक्ष बिच राति करिब १२ बजे झडप भएको थियो । बालसुधार गृहबाट ८० जना बालबन्दीहरु भागेका छन् भने ९० जना बालसुधार गृहमै रहेका छन् ।