सिद्धलेक गाउँपालिकामा शिक्षक सरुवा र विद्यालय समायोजनसँग सम्बन्धित विषयमा समाचार लेखेकै कारण नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि तथा धादिङ न्यूज डटकमका प्रधान सम्पादक केशव अधिकारी र नेपाल पत्रकार महासंघ, धादिङका सदस्य एवम् बागमती कलम डटकमका प्रधान सम्पादक अनिल कुमार नेपालीलाई ०८२ भदौ ४ गते सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले गाउँपालिका प्रहरी लगाएर कार्यकक्षमा उपस्थित गराइ धम्की दिएको पीडितहरूले आरोप लगाएका छन् ।
सिद्धलेक गाउँपालिकाको शिक्षा समितिको ०८२ साउन २९ गते बसेको बैठकको निर्णय अनुसार गाउँपालिकामा शिक्षक सरुवा र विद्यालय समायोजन गरिएको थियो । धादिङन्यूज डटकमले भदौ ३ गते “सिद्धलेकको नौ ओटा विद्यालय बन्द गरिने” शीर्षकमा समाचार प्रकाशित गरेको थियो । बागमती कलमले पनि सोही दिन “सिद्धलेकमा नौ ओटा विद्यालयको समायोजन ः २८ जना शिक्षकको सरुवासँगै विद्यालय वर्गीकरण” शिर्षकमा समाचार प्रकाशित गरेको थियो।
गाउँपालिकाको वेबसाइटमा राखिएको सूचनालाई आधार मानेर लेखिएको उक्त समाचारको विषयलाई लिएर पालिकाका अध्यक्षबाट पत्रकारहरुलाई धम्की दिएको घटना प्रति पत्राकार महासंघ, धादिङले भदौ ९ गते प्रेस विज्ञप्ती जारी आपत्ति जनाएको छ ।
समाचारको विषयमा सरोकारवाला वा कसैलाई चित्त नबुझे त्यस्ता विषयमा न्यायिक निरुपणमा जाने आफ्नै विधि र प्रक्रिया अनुसार खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी गर्ने कानुनी व्यवस्था छ । आगामी दिनमा यस्ता कार्य नदोहोरिउन् भन्दै नेपाल पत्रकार महासंघ, धादिङले विज्ञप्ती मार्फत गाउँपालिका अध्यक्षलाई विधि, नीति र कानुनको परिपालना गर्न माग गरेको छ ।
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषण
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।