INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले विष्णु गाउँपालिका–३ का ४२ वर्षीय मनिल कुमार यादवलाई ०८२ भदौ ७ गते गिरफ्तार गरेको छ ।

आरोपित यादवले महिलालाई जेठ १३ गते मानसिक यातना दिई कुटपिट गर्नुका साथै बलात्कार प्रयास गरेको भन्दै असार २ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको थियो।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार २ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।

अन्य

भिडियो