३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले राजविराज नगरपालिका–१ पररीया टोलका २२ वर्षीय रवि नुनिया महतोलाई ०८२ भदौ ४ गते गिरफ्तार गरेको छ ।
घटना पश्चात् आरोपितलाई स्थानीयले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय राजदेवीमा खबर गरेका थिए । इलाका प्रहरी कार्यालय राजदेवीका प्रहरीले आरोपित महतोलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको छ ।
आरोपितले पीडित महिलालाई भदौ ४ गते साँझ राजविराज बजारबाट आफ्नो घरतर्फ जाँदै गर्दा बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले भदौ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।