‘‘मानव अधिकार हामी सबैको अपरिहार्य आधार’’ भन्ने मुल नाराका ७७ औँ अन्राष्ट्रिय मानव अधिकार दिवस मङ्सिर २४ गते डिसेम्बर १० तारेखका दिन धनगढीमा प्रभातफेरी गरी मनाइएको छ ।
सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, इन्सेक लगायतका मानव अधिकारको क्षेत्रमा काम गर्ने बिभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको संयुक्त आयोजनामा ७७ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइएको हो ।

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले सुदूरपश्चिम प्रदेश सरकारले मानव अधिकारको क्षेत्रमा विभिन्न ऐन कानुन तथा नीति बनाएर काम गरिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो– ‘७७ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस एक महत्वपूर्ण दिवस रहेकाले सबैको मानव अधिकार सुरक्षाको लागि सरकार प्रतिबद्ध रहेको छ । जेन्जीहरुका मागहरु सरकार गम्भिरतापुर्वक सम्बोधन गर्ने छ ।’
राष्ट्रिय मानव अधिकार आयोगका निमित्त प्रमुख झंकर रावलले १० डिसेम्बरमा अन्तराष्ट्रिय दिवस मनाइएता पनि हरेक मानवले हरेक दिन सम्मानपूर्वक बाँच्न पाउने अधिकार राज्यले सुनिश्चित गर्न आवश्यक रहेको बताउनु भयो ।

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले ३४ औँ अन्राष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिने अभियानको समापनको दिन १० डिसेम्बर अन्तर्राष्ट्रिय मानव अधिकार दिवस रहेकाले सबैले एकअर्कालाई सम्मनजनक व्यहार गरी सबैले सबैलाई भेदभाव नगरी माँया र सदभावको आवश्यकता रहेकाले कसैले कसैमाथि हिंसा नगर्ने र हिंसा नसहने बताउनु भयो ।
यसैगरी घोडाघोडी नगरपालिकामा मानव अधिकार समूहले ३४ औँ अन्तराष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिने अभियान मङ्सिर २४ गते प्रभातफेरी गरी सम्पन्न गरेको छ ।
घोडाघोडी नगरपालिका नगरप्रमुख खडकबहादुर रावतले सरकारले समुदायको सकरात्मक परिवर्तनका लागि नीति तथा कार्याक्रम बनाएर काम गरिरहेको बताउनु भयो ।
यसैगरी कैलारी गाउँपालिमा मानव अधिकार समूहले ३४ औँ अन्तराष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिने अभियान मङ्सिर २४ गते प्रभातफेरी गरी सम्पन्न गरेको छ ।
‘प्रविधिको सही प्रयोग गराँै, लैङ्गिक हिंसाको अन्त्य गरौँ’ भन्ने मुल नाराका साथ ३४ औँ अन्तराष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिने अभियान मङ्सिर ९ गते सुरु भई घोडाघोडी नगरपालिका र कैलारी गाउँपालिमा १६ दिनसम्म बिभन्न कार्यक्रम गरी मङ्सिर २४ गते सम्पन्न गरिएको छ भने धनगढीमा द्विप प्रज्वलन गरी सम्पन्न गरिएको थियो ।
