INSEC Online

📅 २०८३ जेष्ठ २१

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न

भिमेश्वर नगरपालिकाको आयोजना र इन्सेक लगायतका संघसंस्थाहरुको सहकार्यमा ०८२ मंसिर २३ र २४ गते चरिकोटमा विभिन्न कार्यक्रमहरु गरी १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न भएको छ ।

०८२ मंसिर २३ गते प्रविधिको सहि प्रयोग गरौँ, लैङ्गिक हिंसाको अन्त्य गरौँ भन्ने नारा सहित प्रभातफेरी कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक शिक्षिका, सुरक्षा निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकार, अधिकारमर्की र सरकारी सेवाप्रदायकहरुकोसहभागिता रहेको थियो ।

त्यस्तैगरी ०८२ मंसिर २४ गते ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा दिप प्रज्जवलन गरी १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान समापन गरिएको छ ।

उद्धव पोखरेल

अन्य

भिडियो