INSEC Online

📅 २०८३ जेष्ठ २१

११४औं नारी दिवस विविध कार्यक्रमका साथ मनाइयो

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा इन्सेक लगायत ४२ वटा संघ संस्थाहरूको सहभागितामा  फागुन २५ गते  ११४औं नारी दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । कार्यक्रममा  लैगिंक हिंसाविरूद्ध चेतनामूलक सडक नाटक, सरसाफाई कार्यक्रम र चेतनामूलक र्याली प्रदर्श गरी मनाइयो ।

कार्यक्रममा समाजमा विद्यमान महिला हिंसा परिवारबाटै हुने गरेको, कुलतले पनि  महिला हिंसा हुने गरेको, समान कामका लागि समान ज्याला र सरसफाई सबैको दायित्व भएकालगायतका विषयलाई  उठान गरिएको नेपालगञ्ज उपमनपा  महिला शाखा अधिकृत मन्जु पाण्डे बताउनु भयो ।

महिला हिंसा न्यूनिकरणकालागि हर सम्भव प्रयास गर्ने प्रतिद्धता गर्दै गाउँ, शहर र टोलस्तरबाटै सबै तह र तप्काबाट  लैंगिक विभेद ,महिला हिंसा, घरेलु हिंसालाई न्यूनिकरणमा लागेमात्र  सम्भव हुने नेपालगञ्ज उपमनपाका उपमेयर कमरुद्दीन राईले बताउनु भयो ।

photo2024030801banke

अन्य

भिडियो