INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तहमा वातावरण अधिकार सम्बन्धी कार्यशाला कार्यक्रम समपन्न

इच्छाकामना गाँउपालिकामा अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा गठित मानव अधिकार समूहको आयोजनामा ०८० माघ १४ गते स्थानीय तहमा वातावरण अधिकार सम्बन्धी कार्यशाला कार्यक्रम समपन्न भएको छ ।
कार्यक्रममा इच्छाकामना गाँउपालिका सामाजिक शाखा प्रमुख पार्वति मगरातिले वातावरण संरक्षणका लागि नागरिकले आफैबाट सुरु गर्नुपर्ने बताउनुभयो । वातावरण सम्बन्धी बनेका कार्यविधिलाई कार्यान्वयन गर्न गराउन मानव अधिकार समूहले पालिकालाई ध्यानाकर्षण गर्ने पालिकाले गर्न सक्ने पालिकाबाट यदि नसक्ने छन् भने यो भन्दा माथिल्लो तहसम्म लैजाने उहाँले प्रतिबद्घता व्यक्त गर्नुभयो ।
इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीले वातावरण संरक्षणका लागि समाजमा हरेक नागरिक, मानव अधिकार समूह, स्थानीय निकाय अन्य गैरसरकारी संघ सस्थाले पनि विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम र प्रयासहरु गर्नुपर्ने बताउनुभयो ।
उहाँले हामीले पनि समाजमा कुन ढङ्गले बिकास कार्य भैराखेका छन् वातावरण विनाशका क्रियाकलाप भएका छन् छैनन् यदि छन् भने कसरी रोक लगाउन सकिन्छ भन्ने विषय बताउनुभयो ।
इच्छाकामना गाँउपालिका मानव अधिकार समुहका अध्यक्ष पार्वति गिरीले स्थानीय सरकार र जिम्मेवार निकायको मात्र होइन वातावरण संरक्षणका लागि सर्बप्रथम नागरीक व्यक्तिले नै संरक्षणका लागि आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने बताउनुभयो ।
वातावरण संरक्षणमा हामी मानव अधिकार समूहसँगै हरेक नागरीक सरोकारवालाहरू सङै हरेक नागरिक सरोकारवालाहरू सङै समन्वयमा रहि वातावरण सन्तुलनका लागि प्रयासहरू अगाडि बढाउने कुरा व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बाल अधिकार समूह, गाउँपालिकाका शाखाप्रमुख, जिल्ला प्रतिनिधि, प्रहरी लगायतको उपस्थित रहेको थियो ।
photo20240508029chitwan

photo chitwan

अन्य

भिडियो