INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले कालिका नगरपालिका-८ मा गठित मानव अधिकार समूहको आयोजनामा स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला ०८० माघ ४ गते सम्पन्न भएको छ ।

कार्यक्रममा कालिका नगरपालिका-८ का वडा अध्यक्ष चित्रबहादुर मगरले वातावरण भन्ने बितिकै नजिकका वरिपरीका वातावरण सङ मुल्याङ्कन गर्छौँ अहिलेको परिवेशमा भन्न पर्दा हामी वरिपरि मात्र होइन यो विश्वव्यापी रूपमा वातावरण खलबलियको अवस्था भएको उल्लेख गर्नुभयो ।

उहाँले जुन हाम्रो स्थानीय हामी बसिरहेको वरिपरिका वातावरण खलबलियको अवस्था भएको बताउनु भयो । कतिपय ठाउँमा आफूहरूले नै खलबलाएको बताउनु भयो ।

हामिले आफैले बिगारेको वातावरणलाई वातावरण सन्तुलनका लागि के के गर्नु पर्छ भन्ने कुरामानी छ्लफल गरि बाताबरण को अधिकार हक र कर्तव्य को पालना गरि वातावरण संरक्षणमा आफू र सरोकारवालाहरुलाइ जवाफदेहि बनाउन पर्ने कालिका नगरपालिका उद्यम विकास सहजकर्ता सन्तोषी कुमालले बताउनु भयो ।

यस कालिका नगरपालिका भित्र वातावरण खलबलियको भनेको फोहोरसङ जोडिने चिजमात्र होइन सबैले एउटा रुख काट्दा मात्र पनि वातावरण नस्ट हुने कुरामा प्रदेश स्तरीय मानव अधिकार समूहको उपाध्यक्ष खिल प्रसाद शर्माले जोड दिनुभयो ।

शर्माले स्थानीय तहका हरेक योजना र विकासमा समन्वय र जानकारीका लागि मानव अधिकार समूहको उपस्थिति आवश्यक रहेको बताउनु भयो । उहाँले वातावरण लगायतका अन्य शिक्षा, स्वास्थ्य आदि मौलिक हक अधिकारका विषयमा मानव अधिकार समूह सक्रिय भई काम गर्ने बताउनु भयो ।

कार्यक्रममा समूहका सदस्यहरू, कालिका नगरपालिकाका कर्मचारी, वडा अध्यक्ष, वडा कर्मचारीहरू, बाल अधिकार समूहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

Photo_080-10-4_Chitwan4

Photo_080-10-4_Chitwan3

Photo_080-10-4_Chitwan2

Photo_080-10-4_Chitwan1

Photo_080-10-4_Chitwan

अन्य

भिडियो