INSEC Online

📅 २०८३ जेष्ठ २१

वार्षिक सम्पादन भेला सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशनका लागि प्रदेश १ मा वार्षिक सम्पादन भेला सम्पन्न गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १, कार्यालयको आयोजनामा ०७९ पुस ८ र ९ गते प्रदेश १, मा वार्षिक सम्पादन भेला सम्पन्न गरिएको हो ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशनका लागि प्रदेश १, मातहतका १४ जिल्लामा सन् २०२२ को जनवरीदेखि नोभेम्वर १५ सम्म इन्सेकले अभिलेख गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा पुष्टि, पुनपुष्टि र परीक्षणका लागि वार्षिक सम्पादन भेला आयोजना गरिएको इन्सेक प्रदेश १,संयोजक सोमराज थापाले बताउनु भयो ।

इन्सेकले स्न १९९२ देखि हरेक वर्ष नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएकोे छ ।

सम्पादन भेला उद्घाटन सत्रमा इन्सेक अनलाइन सम्पादक तथा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ सम्पादनका केन्द्रीय कार्यालयको सम्पादन मण्डलका रमेशप्रसाद तिम्ल्सिनाले वर्ष पुस्तकका लागि जिल्लामा इन्सेक प्रतिनिधिले अभिलेखीकरण गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा वास्तविकता पुष्टिका लागि वार्षिक सम्पादन भेला आयोजना गरिएको बताउनु भयो ।

सम्पादन मण्डलका गोविन्द त्रिपाठीले वर्ष पुस्तकमा प्रकाशन हुने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाले दीर्घकालसम्म प्रभाव पार्ने भएकाले त्यसको पुष्टि एवम् पुर्नपुष्टिका लागि भेला आयोजना गरिएको बताउनु भयो । उहाँले घटना सम्पादनका वेला तिथिमिति, राज्यपक्षबाट भएका सम्झौता र जिम्मेवारीलगायतका विषयमा मिहिन ढङ्गले अध्ययन गरी घटना उपर छानविन गरिने बताउनु भयो ।

इन्सेक प्रदेश १, कार्यालयका प्रलेख अधिकृत पुण्य अधिकारीले इन्सेकले सन् २०२२ को जनवरीदेखि हालसम्म अभिलेखीकरण गरिएका घटनामा अदालतबाट हुने न्याय सम्पादन, सुगम तथा निश्पक्ष न्यायिक अधिकारका विषयमा छलफल तथा निश्कर्षका लागि वार्षिक सम्पादन भेला आयोजना गरिएको बताउनु भयो ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि वार्षिक सम्पादन भेला प्रदेश १ हुँदै सात ओटै प्रदेशमा सम्पन्न हुनेछ ।

वार्षिक सम्पादन भेलामा प्रदेश १ का १४ जिल्लाका प्रतिनिधि, इन्सेक प्रदेश कार्यालय र केन्द्रीय कार्यालयबाट सम्पादन टोलीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

photo 20221224 Morang (3)

photo 20221224 Morang (4)

अन्य

भिडियो