INSEC Online

📅 २०८३ जेष्ठ २१

लैङ्गिक हिंसा विरुद्धको सचेतना मुलक सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका-१, हात्तिवाङस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर १० गते लैङ्गिक हिंसा विरुद्धको सचेतना मुलक सडक नाटक प्रस्तुत गरेका छन् ।

लैङ्गिक हिंसा विरुद्ध सचेतना मुलक सडक नाटकमा हामी कुनै पनि प्रकारका हिंसा गर्दैनौँ, हिंसा सहन्नौँ र हिंसा हुन दिन्नौँ भन्ने मुल मन्त्रलाई नाटक मार्फत प्रस्तुत गरेका थिए । नाटकमा हिंसामा परेका महिला तथा बालबालिकाहरूले भोग्नु परेको घरेलु हिंसा तथा यातनालाई देखाएको थियो ।

इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवालले बालबालिकाले देखाएको सडक नाटक प्रभावकारी रहेको बताउनु भयो । उहाँले बालबालिकाहरूले समाजमा भएका नकारात्मक कुप्रथा, रितिरिवाज, हिंसा र अन्य क्रियायाकलापलाई नाटक मार्फत सचेतना जगाउने गरी प्रस्तुत गरेको र यस्तै कार्यक्रमहरू आयोजना गर्नका लागि स्थानीयलाई पनि सुझाव दिनुपर्नेमा जोड दिनुभयो ।

उक्त सडक नाटक प्रदर्शनमा कार्यक्रममा इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष माया सिलवाल, सामाजिक विकास शाखा प्रमुख पार्वती मग्राती, न्यायिक सहजकर्ता कृष्ण सापकोटा, शिक्षक, स्थानीय बासिन्दा आदि लगायतको उपस्तिथि रहेको थियो भने कार्यक्रमको सहजिकरण इन्सेक चितवन सहजकर्ता गायत्री गिरीले गर्नुभएको थियो ।

Photo_080-8-12_Chitwan0

Photo_080-8-12_Chitwan01

Photo_080-8-12_Chitwan02

Photo_080-8-12_Chitwan03

अन्य

भिडियो