INSEC Online

📅 २०८३ जेष्ठ २२

मानव अधिकार समूहसँग इन्सेकको छलफल

राप्ती सोनारी गाउँपालिकास्तरीय मानव अधिकार समूहसँग जेठ ५ गते इन्सेकका प्रतिनिधि र सरोकारवालाबिच मानव अधिकारको अवस्थाका बारेमा छलफल सम्पन्न भएको छ ।

छलफलमा राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले मानव अधिकार समूह ‘लुज फोरम’ मात्र नभई वैधानिक रूपमा लैजान पर्ने कुरालाई जोड दिँदै मानव अधिकार समूहको समन्वय र सहकार्य गर्ने प्रतिबद्धता गर्नुभएको थियो ।

छलफलमा उपभोक्ता हित संरक्षण समितिको प्रभावकारी कार्यान्वयन हुन नसकेको र वातावरण अधिकारलाई पनि प्राथमिकता राख्न मानव अधिकार समूहका पदाधिकारीले उपाध्यक्ष मनिषासिंह थारूलाई अनुरोध गरेका थिए ।

मानव अधिकार समूहकी संयोजक धनी वलीले राप्ती सोनारी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य, विभेद विरूद्धको सवालमा समुदायमा सचेतना फैलाउदँदै जिम्मेवार निकायलाई जवाफदेही बनउान वकालत गरिरहेको भन्दै बालविवाह न्यूनिकरण, खाद्य अधिकार र वातावरण अधिकारमा चुनौती रहेको बताउनु भयो ।

photo2023051901banke(1)

मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य क्षेत्रमा वडाको समन्वयमा भेटघाट तथा अनुगमन गर्ने, वातावरण अधिकारसम्बन्धी कार्यक्रमका लागि पहल गरी वातावरण सम्बन्धी सचेतना फैलाउने, खाद्य अधिकारका विषयमा पालिका उपाध्यक्ष सहकार्य गरी अनुगमनमा तीव्रता दिने जस्ता आगामी कार्ययोजना पनि तय समूहका सचिव प्रेम चौधरीले बताउनु भयो ।

समूहका सदस्यहरूले आफ्नो वडामा गरेका गतिविधिको बारेमा अनुभव आदानप्रदान गरेको थिए । बैठकमा गाउँपालिका स्तरीय मानव अधिकार समूह, वडा स्तरीय मानव अधिकार समूह, राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल र उपाध्यक्ष मनिषासिंह थारूको सहभागिता रहेको थियो ।

इन्सेकले विगत चार वर्ष देखि राप्ती सोनारी गाउँपालिकामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

अन्य

भिडियो