INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार समूहको समस्या पहिचान बैठक सम्पन्न

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कालिका नगरपालिकामा गठन गरेको पालिकास्तरीय मानव अधिकार समूहको समस्या पहिचान र मानव अधिकार समूहको बैठक जेठ १५ गते समपन्न भएको छ ।
कालिका नगरपालिका वडा नं ८ वडा कार्यालय नजिकको प्रतिक्षालयमा आयोजना गरिएको कार्यक्रममा मानव अधिकार समूहका सदस्यहरू, केही स्थानीयहरूको सहभागिता रहेको थियो ।
यस कार्यक्रममा स्थानीय तहमा मानव अधिकार समूहहरूको समस्या, सक्रियता, कार्ययोजना, मागदाबी, यहाँ भएका समस्याहरूको सुधारमा ल्याउनुपर्ने विषय, जनप्रतिनिधिहरूको ध्यान आर्कषण गराउने बारे विविध छलफल भएको मानव अधिकार समूहकी अध्यक्ष निर्मला थापाले बताउनु भयो ।
छलफलमा कालिका नगरपालिका भित्र रहेका समस्याहरूको पहिचान गर्दा कालिका नगरपालिकाद्वारा विभिन्न क्षेत्रमा वितरण गरिने अनुदानहरू जनमुखि नभएको र अनुदानका कार्यक्रम आउँदा खुला रुपमा प्रचार प्रसार नगर्ने, सोझा किसानलाई कागजि प्रक्रियामा झन्झट देखाई तर्साउने अनि वास्तविक लाभग्राहिको पहिचान नगरि आफ्ना नजिकका आफन्त र राजनिति दलका कार्यकर्ताहरूमा नै अनुदान वितरण गर्ने गरेको समस्या रहेको सदस्यहरूले बताए ।
नगरपालिका भित्रका फोहोर व्यवस्थापनका लागि पालिकाले फोहोर बोक्न खरिद गरिएको गाडि नगरपालिकाको सामान ओसार पसार गर्ने काम बाहेक अक्सर नगरपालिकाको कम्पाउण्डभित्र थन्किएको जसले गर्दा पालिकाको सम्पुर्ण वडा बासिहरूले फोहोर उचित ठाँउमा व्यवस्थापन गर्न नपाउनाले समस्यामा परेको बताए ।
भौगोलिक विकटता भित्र पर्ने कालिका नगरपालिका ९, १०, ११ का प्राय चेपाङ समुदायका परिवारहरूलाई बिहान बेलुकाको छाक टार्न समेत नसक्ने अवस्था रहेको परिवारलाई बाहिरका सस्था र व्यक्तिहरूले खाद्दयान्न सहयोग गर्दै आएको र यस्को लागि पालिकाले आफ्नो पालिका बासिले छाक टार्न बाहिरबाट माग्न नपर्ने गरि आगामि निति तथा कार्यक्रम बनाउन सक्नुपर्ने बताए ।
यसरी पहिचान भएका समस्याहरू एक ज्ञापन पत्र मार्फत नगरपालिका अध्यक्षलाई बुझाउने समूहकी अध्यक्ष थापाले बताउनु भयो ।
photo20240528chitwan

अन्य

भिडियो