अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कालिका नगरपालिकामा गठन गरेको पालिकास्तरीय मानव अधिकार समूहको समस्या पहिचान र समूहको कार्ययोजना बैठक ०८० चैत ३० गते समपन्न गरेको छ ।
कालिका नगरपालिका–८ को सभाहलमा आयोजना गरिएको कार्यक्रममा मानव अधिकार समूहका पदाधिकारीहरू, राजनितिक दलका व्यक्ति, वडाका कर्मचारीहरू आदिको सहभागिता रहेको थियो । यस कार्यक्रममा स्थानीय तहमा मानव अधिकार समूहहरूको समस्या, आगामि कार्ययोजना, यहा भएका समस्याहरूको सुधार ल्याउनुपर्ने पक्षहरू सहित विविध विषयमा छलफल भएको थियो ।
छलफलमा कालिका नगरपालिका भित्र रहेका समस्याहरूको पहिचान गर्दा पालिका भित्र चोरी तस्करी बढ्दो रुपमा, लागु पर्दाथमा फसेका किशोर अवस्थाका बालबालिकाहरू धेरै मात्रामा पाइएको छ ।
कतिपयको घरपरिवार भित्र पुरुषले मदिरा सेवन गरी पत्नीलाई गालिगलौज, कुटपिट गर्ने गरेको र पालिका भित्र मदिराको प्रयोग समाजमा अत्यन्त सस्तो किसिमले उपयोग हुने समूहका सदस्यहरूले बताउनु भयो
। छलफलमा सदस्यहरूले पालिका भित्रका हरेक क्षेत्रमा रक्सी बिक्रि वितरणले महिलाहरू घरेलु हिंसाबाट पीडित हुन पुगेको बताएका छन् ।
बालिकाहरू यौन हिंसाका सिकार हुन पुगेको र यस्ता घटना बढ्दै गरेको बताए । यस्तै गरी पालिका भित्र फोहोरको व्यवस्थापन नभएको कारण प्रदुषण बढेको, जङ्गल क्षेत्र हुदाहुदै पनि फोहोर व्यवस्थापन हुन नसकेको बताए ।
अहिलेको समयमा आगलागिले गर्दा धुवा धुलोका कारण मानव स्वास्थ्यमा प्रतिकुल असर, प्रदुषण साथै वातावरण प्रदुषण भएको बताए । पालिका भित्र अभिभावक विहिन बच्चाहरू प्रायः लागु औषधमा फसेका र लागु औषध सप्लाई गर्ने गरेको बताए । सिङ्गो पालिका भित्र नै लागु पदार्थ सेवन, बेचबिखन,ओसार पोसार बढ्दै गरेको पाइएको बताए । यस भित्र पनि घरपालुवा कुकुरलाई दिशा पिसाबको लागि सडक बाटोमा गराउने त्यसले गर्दा वातावरणका साथै समाजका बासिन्दालाई समेत असर गरेको बताए ।
यि समस्या सुधारका लागि हरेक मानव अधिकार समूह सदस्यहरूले आफ्नो वडाबाट पहल गर्ने बताएका छन् भने ८ नं वडा अध्यक्ष चित्रबहादुर मगरलेले पनि आबश्यक सहयोग गर्ने प्रतिबध्ता व्यक्त गर्नुभएको छ । साथै यस्का लागि थप सहजिकरण र आर्थिक सहयोग इन्सेक संस्थासँग पनि अपेक्षा गरेको अध्यक्षले अपेक्षा गर्नु भएको थियो ।

मानव अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको समन्वय,