INSEC Online

📅 २०८३ जेष्ठ २१

मानवअधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशकाे बैठक सम्पन्न

मानवअधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशकाे बैठक ०८२ कात्तिक २८ गते वीरेन्द्रनगरमा सम्पन्न गरिएको छ । सञ्जालका अध्यक्ष पिताम्बर ढकालकाे अध्यक्षतामा बसेकाे बैठकले सञ्जालकाे एक वर्षे कार्ययाेजना पास, सञ्जालमा छुटेका सदस्य संस्थाहरु थप गर्ने, कर्णाली प्रदेशमा पछिल्लो समय मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बढ्दै गएकाेलेकाे न्यूनीकरण गर्ने विषयमा छलफल, पीडितकाे न्यायमा सहज पहुँच बनाउन अबकाे बैठकमा सरकारी वकिल जिल्ला अदालतका न्यायाधीश लगायतका सराेकारवाला निकायसँग छलफल गर्ने, बैतनिक कानुन व्यवसायी र प्राेबाेनाे सेवालाई थप प्रभावकारी बनाउन सराेकारवालाहरुकाे भूमिकाकाे विषयमा छलफल गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयाेजक नारायण सुवेदीले जानकारी दिनुभयाे । बैठकमा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेश कुमार थापा लगायत सदस्य संस्थाका प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे ।
कर्णाली प्रदेश कार्यालय

अन्य

भिडियो