INSEC Online

📅 २०८३ जेष्ठ २१

माग दावी गर्दै मानव अधिकार समूहले बुझायो गाउँपालिकामा ध्यानाकर्षण पत्र

मानव अधिकार समहले जानकी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, वातावरण अधिकार र विभेदविरुद्धको क्षेत्रमा मागदावी गर्दै असोज ३० गते ध्यानाकर्षण पत्र बुझाएको छ ।

शिक्षा क्षेत्रमा दिवाखाजा अनमियतता, शौचालय, खानेपानी व्यवस्थित बनाउनु पर्ने, विषयगत शिक्षक अभाव, एक विद्यालय एक स्टाफ नर्स व्यवस्था, विद्यालयमा प्राथमिक उपचारको किटबक्स उपलब्ध हुनुपर्ने, स्वास्थ्य क्षेत्रमा औषधि अभाव, स्वास्थ्य बिमा कार्यक्रम लगायत सरकारले दिने स्वास्थ्य सेवा बारे मधेशी मुस्लिम समुदायमा जानकारी गराउन सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने, शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने, प्लाष्टिक फोहोर व्यवस्थापन नहुनु, वातावरण संरक्षण सम्बन्धी कानुन बनाई कार्यान्वयन गर्नुपर्ने, वातावरण जलवायु प्रदुषण बारे समुदायमा सचेतना जगाउनु पर्ने मागहरू उल्लेख गरिएको छ ।

विभेदविरूद्ध घरेलुहिंसा र जातीय विभेदसम्बन्धी सचेतनामा कमि भएकोले लंैगिक हिंसा पीडितकोष स्थापना हुनु पर्ने । लक्षितवर्गका लागि बजेटमा वृद्धि गरी शसक्तिकरण गर्नुपर्ने माग रहेको मानव अधिकार समूहका संयोजक मो. जहिर शेषले बताउनु भयो ।

इन्सेकद्धारा गठित मानव अधिकार समूहले विगत एक वर्षदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । उक्त समूहले स्थानिय समूदायलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जवाफदेही बनाउन वकालत गरीरहेको इन्सेक जिल्ला सहजकर्ता लक्ष्मी थारूले जानकारी दिनुभयो ।

जानकी गाउँपालिका अध्यक्षका स्वकीय सचिव सोहराव अलिदर्जीले ध्यानाकर्षण पत्र बुझ्दै मानव अधिकार समूहले बुझाएको ध्यानकर्षण पत्र कार्यपालिका बैठकमा लैजाने प्रतिवद्धता गर्नु भयो ।

Photo2023101702banke

अन्य

भिडियो