INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकार समूह पुर्नगठन तथा समूह परिचालनको लागि कोष हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न कालिका नगरपालिका-११, सिद्धि स्थित श्री राष्ट्रिय माध्यमिक वि‌द्यालय र कालिका नगरपालिका-९, शक्तिखोर स्थित श्री चर्तुमुखी माध्यमिक विद्यालयको बाल अधिकार समूहलाई ३ हजार ५ सय रुपियाँको दरले हस्तान्तरण गरेको छ ।

Photo_080-6-23_Chitwan

इन्सेक जिल्ला सहजकर्ता गायत्रि गिरीले इन्सेकद्वारा विद्यालयमा गठन गरिएको बाल अधिकार समूहलाई विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न समूहलाई कोष रकम सहयोग गरेको बताउनु भयो । उहाँले उक्त उपलब्ध गरिएको रकमबाट विद्यालयका बालबालिकाहरूलाई सबै क्षेत्रमा सहज हुने गरी अतिरिक्त क्रियाकलापको आयोजना गरी सहभागी गराउन श्री राष्ट्रिय मावि र श्री चर्तुमुखी माविका प्रधानाध्यापकलाई आग्रह गर्नुभयो ।

कोष हस्तान्तरण कार्यक्रममा श्री राष्ट्रिय माविका प्रधानाध्यापक फडिन्द्र पनेरुले इन्सेकले दिएको रकमबाट विद्यार्थीले विद्यालयमा अतिरिक्त कार्यक्रम सञ्चालन गर्ने र वि‌द्यालयमा यस्ता कार्यक्रम गरेर सहयोग गरेकोमा इन्सेकलाई धन्यवाद प्रकट गर्नुभयो । राष्ट्रिय माविका संरक्षक शिक्षक रामचन्द्र दवाडिले इन्सेकले प्रदान गरेको रकमबाट अतिरिक्त कार्यक्रम सञ्चालन गरी विद्यार्थीको क्षमता वृद्धिमा टेवा पुर्‍याउने बताउनु भयो ।

इन्सेकले दिएको उक्त रकमबाट विद्यार्थीले विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने र विद्यार्थीहरूलाई जागरुक बनाउने श्री चर्तुमुखी माविका प्रधानाध्यापक चन्द्रबहादुर गुरुङले बताउनु भयो । उहाँले प्राप्त सहयोगको रकम विद्यालयमा सही सदुपयोग र सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो । यस श्री चर्तुमुखी माविका संरक्षक शिक्षक रितबहादुर भण्डारीले इन्सेकले दिएको रकम सही सदुपयोग गरी विद्यार्थीहरूमा अतिरिक्त कार्यक्रम गर्ने बताउनु भयो ।

Photo_080-6-23_Chitwan1

अन्य

भिडियो