अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका-२, काउलेस्थित श्री जनप्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर ११ गते छोरीलाई शिक्षाको महत्त्वसम्बन्धी सचेतना मुलक सडक नाटक प्रस्तुत गरेका छन् ।
उक्त प्रस्तुत सडक नाटकमा अझै पनि ग्रामीण भेगहरूमा छोरालाई भन्दा छोरीलाई शिक्षा दिनमा भेदभाव गर्ने, छोराको दर्जामा छोरीलाई नराख्ने सानै उमेरमा छोरीको विवाह गर्ने जस्ता अवस्थाका कारण यिनै समस्यामा केन्द्रित रहि बालबालिकाले यस विषयमा नाटक प्रस्तुत गरेका थिए ।
नाटकमा श्री जनप्रिय माध्यमिक विद्यालय प्रधानाध्यापक नेत्रप्रसाद अधिकारीले छोरीलाई शिक्षाको कति आवश्वक छ भन्ने कुरा यस नाटकले स्पष्ट गराएको बताउनु भयो । उहाँले समाजमा छोरा र छोरीमा अझ पनि भेदभाव हुने गरेको, छोरालाई चाहीँ पढ्न पठाउने र छोरीलाई नपठाउने जस्ता परिस्थितिले समसेया देखिएको बताउनु भयो । यस नाटकबाट सिकेको कुराहरू छरछिमेकमा पनि जनचेतना गराउन समेत प्रधानाध्यापक अधिकारीले सबैलाई आग्रह गर्नुभयो ।
उक्त सडक नाटक प्रदर्शनमा शिक्षक, विद्यार्थी र स्थानीयको उपस्तिथि रहेको थियो भने कार्यक्रमको सहजिकरण इन्सेक चितवन सहजकर्ता गायत्री गिरीले गर्नुभएको थियो ।

