INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकार समूहद्वारा लागु पदार्थ दुर्व्यसनसम्बन्धी सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा कालिका नगरपालिका-११ स्थित राष्ट्रिय माध्यामिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले लागु पदार्थ दुर्व्यसनसम्बन्धी ०८० पुस १३ गते सडक नाटक प्रदर्शन गरेको छ ।

इन्सेकद्वारा गठित बाल अधिकार सचेतना समूहले लागु पदार्थ दुर्व्यसन विरुद्ध सडक नाटक प्रदर्शन गरेका हुन् । बालबालिकाहरूले समाजमा लागु पदार्थ दुर्व्यसन तथा घरेलु हिंसा जस्ता विभिन्न समस्यामा पर्ने र समाजमा धेरै बालबालिकामा हुने घटनाहरूलाई मध्य नजर गरी सबैमा प्रस्तुत गरेका थिए ।

आर्थिक अवस्था कमजोर भएको कारणले यस समुदायका अभिभावकले आफूले जे खान्छन् उही आफ्ना बालबालिकालाई खुवाउँछ्न् । सानै उमेरमा विवाह गर्ने कुलतमा फसेर लागु पदार्थ दुर्व्यसनको लतमा परी आफ्नी पत्नीलाई र घर परिवारका अन्य सदस्यलाई कुटपिट गरी घरेलु हिंसा गरेको यथार्थलाई नाटक मार्फत प्रसुत गरेका थियो ।

राष्ट्रिय माध्यामिक विद्यालयका प्रद्यानाध्यापक फडिन्द्र पनेरूले यस्ता कार्यक्रमहरूलाई प्राथमिकता दिइ विद्यार्थी तथा समुदायका अन्य व्यक्तिहरूलाई हामीले यही कार्यक्रमबाट सचेतना दिन सक्न सहयोग पुग्ने बताउनु भयो ।

विद्यालयका सहायक प्रद्यानाध्यापक रामचन्द्र दवाडीले बालबालिकाहरूले साँच्चै नै समाजमा भएका र घटेका घटनालाई नै नाटकमा प्रस्तुत गरेको र यस कार्यक्रमको लागि सहयोग र सहकार्य गर्न पाउँदा इन्सेकलाई धन्यवाद प्रकट गर्नु भएको थियो ।

बाल अधिकार समूहद्वारा लागु पदार्थ दुर्व्यसन तथा घरेलु हिंसासम्बन्धी सडक नाटक प्रदर्शनमा राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक, सहायक प्रद्यानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक लगायत स्थानीयको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण इन्सेककी सहजकर्ता गायत्री गिरीले गर्नुभएको थियो ।

Photo_080-9-14_Chitwan4

Photo_080-9-14_Chitwan2

Photo_080-9-14_Chitwan1

Photo_080-9-14_Chitwan

अन्य

भिडियो