INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकार समूहद्वारा चेलिबेटी बेचबिखनसम्बन्धी सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा कालिका नगरपालिका-९ स्थित चतुर्मुखी माध्यामिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले चेलिबेटी बेचबिखनसम्बन्धी ०८० असार १० गते सडक नाटक प्रदर्शन गरेको छ ।

Photo_080-3-11_Chitwan1

इन्सेकद्वारा गठित बाल अधिकार सचेतना समूहले चेलिबेटी बेचबिखनविरूद्ध सडक नाटक प्रदर्शन गरेका हुन् । बालबालिकाहरूले समाजमा चेलिबेटी बेचबिखन कसरी हुन्छ र यसबाट कसरी बच्न सकिन्छ भन्ने कुराको सचेतनालाई मध्य नजर गरी सबैमा प्रस्तुत गरेका थिए ।

चेलीबेटी बेचबिखन विषयक सचेतनामुलक सडक नाटकबाट समाजमा भएका घटनालाई यथार्थ चित्रण गरी सबैलाई जनचेतना फैलाएको चतुर्मुखी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक चन्द्रबहादुर गुरुङले बताउनु भयो ।

Photo_080-3-11_Chitwan,.

उक्त नाटक प्रदर्शनपछि प्रद्यानाध्यापक गुरुङले फेरि पनि बालबालिकाको बौद्धिक क्षमतामा वृद्धि गर्न यस्ता कार्यक्रम आयोजना र सहयोग गरिरहँदा इन्सेकलाई विद्यालय परिवारबाट नै धन्यवाद प्रकट गर्नु भएको थियो ।

यस्ता अतिरिक्त क्रियाकलाप विद्यार्थीमाझ प्रदर्शन गर्नाले उनीहरूको सकृयता रुचि र आत्मबलमा वृद्धि हुन पनि सहयोग पुग्ने बताउनुभएको थियो । विद्यार्थीहरूले धेरै राम्रो नाटक अभिनय गरी प्रस्तुत गरेको उहाँले बताउनु भयो ।

Photo_080-3-11_Chitwan,

विद्यालयका सहायक प्रद्यानाध्यापक पुर्ण बहादुर पुरीले बालबालिकाले नेपाली समाजभित्र भएका यथार्थलाई चित्रण गरी राम्रो विषयमा नाटक प्रदर्शन गरेको र विद्यार्थी भाइबहिनी समक्ष यो कार्यक्रम गर्ने इन्सेकलाई धन्यवाद दिनुभएको थियो ।

बाल अधिकार समूहद्वारा चेलिबेटी बेचबिखनसम्बन्धी सडक नाटक प्रदर्शनमा चतुर्मुखी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक चन्द्रबहादुर गुरुङ, विद्यालयका सहायक प्रद्यानाध्यापक पुर्ण बहादुर पुरी, शिक्षक, विद्यार्थी, अभिभावक लगायत स्थानीयको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण इन्सेककी सहजकर्ता गायत्री गिरीले गर्नुभएको थियो ।

Photo_080-3-11_Chitwan

अन्य

भिडियो