INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकार सचेतना समूह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र बाल अधिकार सचेतना समूहको आयोजनामा खजुरा गाउँपालिका–४ बद्रीपुरस्थित श्री जनकल्याण मावि  असोज २४ गते बाल अधिकार सचेतना समूहको गठन सम्पन्न भएको छ ।

मिरमिरे बाल अधिकार सचेतना समूह ऐश्वर्या विकको अध्यक्षतामा २७ सदस्यीय समूह गठन भएको हो । यसैगरी, सङरक्षक शिक्षकमा  शिक्षक तीर्थबहादुर शाहीले रहनु भएको छ ।

समूहले वातावरणसम्बन्धी चित्रकला प्रतियोगिता गर्ने, समूहको बैठक प्रत्येक त्रैमासिक बस्ने, मासिक भित्रेपत्रिका प्रकाशन गर्ने, विद्यालयको वार्षिक योजना अनुसार अतिरिक्त क्रियाकलाप गर्ने, सडक नाटक मङ्सिर र माघ महिनामा गरी दुईपटक गर्ने जस्ता कार्ययोजना बनाएको इन्सेक जिल्ला सहजकर्ता लक्ष्मी थारूले बताउनु भयो ।

विद्यालयका प्रधानाध्यापक भीमबहादुर थापाले बाल अधिकार समूहको विद्यालय सुधार प्रति थप जिम्मेवारी भएकोले विद्यालय प्रशासनलाई सहयोग गर्न आग्रह गर्दै गत वर्ष जस्तै यस वर्ष पनि सहयोग गरेकोमा इन्सेकलाई धन्यवाद दिनु भयो ।

Photo2023101101banke

अन्य

भिडियो