INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा इच्छाकामना गाउँपालिका–२ स्थित श्री जनप्रिय माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार सचेतना समूहले ०८० वैशाख २९ गते कल्याणटारमा सडक नाटक प्रदर्शन गरेका छन् ।

इच्छाकमना गाउँपालिकाको ग्रामीण भेगहरूमा बालविवाह बढिरहेको स्थित छ । बालविवाह न्यूनिकरणका लागि विभिन्न कार्यक्रमहरू गरे पनि बालविवाह पूर्ण रूपमा रोक लगाउन सकेको छैन ।

त्यस कारण जनप्रिय माविका विद्यार्थीहरूले समाजको यथार्त घटनालाई नाटकमा प्रस्तुत गर्दै बालविवाहविरुद्धका बारेमा आवाज उठाउँदै बाल अधिकार समूहका विद्यार्थीहरूले वैशाख २९ गते नाटक सम्पन्न गरेका हुन् ।

जनप्रिय माविका प्रधानाध्यापक नेत्र प्रसाद अधिकरिले यस नाटक प्रदर्शन गर्नका लगि सहयोग गरीदिएकोमा इन्सेकलाई धन्यवाद दिनुभएको थियो । इन्सेकले बाल अधिकार, महिला अधिकार आदि विविध पक्षमा काम गर्दै आएको प्रधानाध्यापक अधिकरीले बताउनु भएको थियो ।

‘विद्यालयका केही विद्यार्थीहरूले बालविवाह गरेर गए हामीले रोक्नमा धेरै कोसिस गर्‍यौँ तर सकेनौँ, अहिले विवाह गरेका विद्यार्थीहरूलाई पढ्नको लागि विद्यालय उपस्थित गराउन सफल छौँ’, प्रधानाध्यापक अधिकरीले भन्नुभयो ।

इच्छाकामना गाउँपलिका वडा नं. २ का वडाअध्यक्ष पञ्च बहादुर चेपाङले विद्यार्थीमाझ यस्तो कार्यक्रम आयोजना गरेर समाजमा धेरै परिवर्तन आउने हुनाले बालविवाह न्यूनिकरण पहलमा इन्सेकसँगै सहकार्य रहने बताउनुभएको थियो ।

Photo_080-2-3_Chitwan

अन्य

भिडियो