INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकार सचेतना समूहद्धारा बाल विवाह तथा मानव बेचबिखनविरूद्ध सचेतना मूलक सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा श्री नेरामावि, गोदहनामा गठित बाल अधिकार सचेतना समूहले बाल विवाह तथा मानव बेचबिखनविरूद्ध सचेतना सडक  नाटक मङ्सिर २८ गते सडक नाटक प्रदर्शन गरेको छ ।

बालबालिकाहरूले बाल विवाह तथा मानव बेचखिनले आर्थिक, सामाजिक अवस्थामा निम्त्याउने परिणामका बारेमा सडक नाटकमार्फत प्रदर्शन गरेका थिए ।

श्री नेरामावि, गोदहनाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अब्दुल कादिर शेषले मधेशी मुस्लिम समुदायमा हुने बाल विवाह ,मानव बेचबिखन तथा ओसार पसारका घटना बढी हुने भएकाले बाल अधिकार सचेतना समूहले विद्यालयको सहकार्यमा सचेतना दिने प्रयास गरेको भन्दै आवश्यक सहयोग  गर्ने प्रतिबद्धता गर्नुभयो ।

बाल अधिकार सचेतना समूह सङक्षक शिक्षक सुरेश प्रजापतिले विद्यालयमा विविध गतिविधि अनुसार बाल बालिकाको नेतृत्व विकास ,क्षमता अभिवृद्धिसँगै बाल विवाह , मानव बेचबिखन तथा ओसारपसार विरूद्ध सचेतना  जगाउन सडक नाटकको आयोजना गरेको बताउनु भयो ।

इन्सेक जिल्ला सहजकर्ता लक्ष्मी थारूले उक्त विद्यालयमा  बाल अधिकार तथा विद्यालयमा भएका समस्याहरूको समाधानका लागि पहल गर्न विगत दुई वर्षदेखि इन्सेकले कार्यक्रम सञ्चालन गरीरहेको बताउनु भयो ।

अन्य

भिडियो