INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकार समूहद्वारा लागु पदार्थ दुर्व्यसन तथा घरेलु हिंसासम्बन्धी सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा कालिका नगरपालिका-११ स्थित राष्ट्रिय माध्यामिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले लागु पदार्थ दुर्व्यसन तथा घरेलु हिंसासम्बन्धी ०८० असार ८ गते सडक नाटक प्रदर्शन गरेको छ ।

Chitwan1

इन्सेकद्वारा गठित बालअधिकार सचेतना समूहले लागु पदार्थ दुर्व्यसन तथा घरेलु हिंसाविरूद्ध सडक नाटक प्रदर्शन गरेका हुन् । बालबालिकाहरूले समाजमा लागु पदार्थ दुर्व्यसन तथा घरेलु हिंसा जस्ता विभिन्न समस्यामा पर्ने र समाजमा धेरै बालबालिकामा हुने घटनाहरूलाई मध्य नजर गरी सबैमा प्रस्तुत गरेका थिए ।

Chitwan12

कालिका नगरपालिका-११ मा प्राय चेपाङ र तामाङ समुदायका मानिस बसोबास गर्छन । विशेष गरी पिछडिएका जातजाति, चेतनाको अभावमा तथा घर परिवारमा हुर्कने उमेरदेखि आफ्ना अभिभावकले लागू पदार्थ सेवन गरेको देख्दै गर्दा सानै उमेरमा बालबालिकाहरू पनि दुर्व्यसनमा परेका कुरालाई मध्येनजर गरी उक्त सडक नाटकमा प्रस्तुत गरिएको थियो ।

Chitwan13

आर्थिक अवस्था कमजोर भएको कारणले यस समुदायका अभिभावकले आफूले जे खान्छन् उही आफ्ना बालबालिकालाई खुवाउँछ्न् । सानै उमेरमा विवाह गर्ने कुलतमा फसेर लागु पदार्थ दुर्व्यसनको लतमा परी आफ्नी पत्नीलाई र घर परिवारका अन्य सदस्यलाई कुटपिट गरी घरेलु हिंसा गरेको यथार्थलाई नाटक मार्फत प्रसुत गरेका थियो ।

Chitwan14

राष्ट्रिय माध्यामिक विद्यालयका प्रद्यानाध्यापक फडिन्द्र पनेरूले यस्ता कार्यक्रमहरूलाई प्राथमिकता दिइ विद्यार्थी तथा समुदायका अन्य व्यक्तिहरूलाई हामीले यही कार्यक्रमबाट सचेतना दिन सक्न सहयोग पुग्ने बताउनु भयो ।

विद्यालयका सहायक प्रद्यानाध्यापक रामचन्द्र दवाडीले बालबालिकाहरूले साँच्चै नै समाजमा भएका र घटेका घटनालाई नै नाटकमा प्रस्तुत गरेको र यस कार्यक्रमको लागि सहयोग र सहकार्य गर्न पाउँदा इन्सेकलाई धन्यवाद प्रकट गर्नु भएको थियो ।

Chitwan15

बाल अधिकार समूहद्वारा लागु पदार्थ दुर्व्यसन तथा घरेलु हिंसासम्बन्धी सडक नाटक प्रदर्शनमा राष्ट्रिय माध्यामिक विद्यालयका प्रद्यानाध्यापक फडिन्द्र पनेरू, सहायक प्रद्यानाध्यापक रामचन्द्र दवाडी, शिक्षक, विद्यार्थी, अभिभावक लगायत स्थानीयको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण इन्सेककी सहजकर्ता गायत्री गिरीले गर्नुभएको थियो ।

Chitwan16

अन्य

भिडियो