INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाकी पीडित परिवारलाई इन्सेकको सहयोग

सामूहिक बलात्कार घटनाकी पीडित १४ वर्षिया बालिकाको परिवारलाई डिसीएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले असार ४ गते १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

पीडित परिवारलाई आर्थिक सहयोग अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशमा गठित मानव अधिकार सहायता कक्ष मार्फत प्रदान गरिएको इन्सेक महोत्तरी प्रतिनिधि ममता विश्वकर्माले बताउनु भयो । पीडित पक्षको आर्थिक अवस्था कमजोर रहेको र न्यायको लागि सहयोग पुग्ने उद्देश्यले पीडित परिवारलाई सहायता प्रदान गरेको उहाँले बताउनु भयो ।

पीडित परिवारले न्यायका लागि पहल र आर्थिक सहायता प्रदान गरिदिनुहुन इन्सेक महोत्तरी प्रतिनिधि मार्फत इन्सेक मधेस प्रदेश कर्यालयमा ०८२ असार १ गते निवेदन दिनुभयो ।

पीडित बालिकालाई रामगोपालपुर नगरपालिका-४ का २० वर्षीय अमन मण्डल र १९ वर्षीय अमित कुमार मण्डलले बलात्कार गरेको पीडित पक्षको आरोप छ । ०८२ जेठ ३१ गते राति घर बाहिर बसिरहेकी पीडित बालिकालाई मोटरसाइकलमा आएका आरोपितहरूले अपहरण गरी गाउँ नजिकैको पानी उद्योगमा लगि सामूहिक बलात्कार गरेको पीडित पक्षको भनाइ छ ।

आरोपितहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा असार १ गते उजुरी दिनुभयो । उक्त उजुरीको आधारमा आरोपितहरूलाई असार १ गते गिरफ्तार गरी थप अनुसन्धा गरिरहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका एसपी हेरम्ब शर्माले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल जलेश्वरमा जेठ ३१ गते भयो ।

अन्य

भिडियो