INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले ०८१ असार १९ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला समन्वय समिति चितवनको हलमा भएको कार्यक्रममा जिल्ला प्रतिनिधिले सन् २०२४ जनवरीदेखि हालसम्म ६ महिनाको जिल्लाको मानव अधिकार अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

photo20240704chitwan2यसबीचमा जिल्लामा जम्मा ४२ ओटा मानव अधिकार उलङ्घन तथा ज्यादतीका घटना इन्सेकले अभिलेख गरेकोमा बाल यौन दुरुपयोगको १३ ओटा घटना, बालिका बलात्कारको ११ ओटा, महिला बलात्कारको ६ ओटा, महिला बलात्कार प्रयासको दुई ओटा, कर्तव्य ज्यानतर्फ दुई ओटा, बहुविवाहका सात ओटा र मानव वेचविखनका एक ओटा घटना अभिलेख भएको जिल्ला प्रतिनिधिले जानकारी गराउनु भयो ।

समीक्षा कार्यक्रममा पत्रकार महासङ्घ चितवनका उपाध्यक्ष प्रकाशमणी ज्ञवालीले बालिकाहरू यौन हिंसाको घटनाबाट पीडित भएको प्रति चिन्ता व्यक्त गर्नु भयो ।

प्रेस चौतारीकी केन्द्रीय सदस्य प्रतिमा सिलवालले बहुविवाहका घटनाका कारणा अदालतमा सम्बन्ध विच्छेदको घटना पनि बढेको र यसले परिवारमा नकरात्मक असर पारेको बताउनुभयो ।

photo20240704chitwan1

अन्य

भिडियो