INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम

IMG_20240628_124023

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ लागि महाेत्तरीमा सङ्कलन गरिएकाे मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पुर्व ०८१ असार १४ गते जलेश्वरमा अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएकाे छ ।

कार्यक्रममा इन्सेक प्रतिनिधि ममता विश्वकर्माले जिल्लाकाे ६ महिनाकाे (२०२४ काे जनवरीदेखि जुनसम्म) मानव अधिकार अवस्था बारे प्रतिवेदन प्रस्तुत गर्नुभयाे ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुरज दुलालले जिल्लामा मानव अधिकारको अवस्था विषयक इन्सेकको कार्यक्रमले जिल्लामा रहेको सरोकारवालाहरूले एक ठाँउमा बसि गम्भीरता पूर्वक छलफल गर्नु पर्ने बताउनु भयो र इनसेकले प्रकाशन गर्दै आएकाे नेपाल मानव अधिकार वर्ष पुस्तक समग्र पक्षका लागि ऐना हुने  बताउनु भयो ।

त्यसैगरी, पत्रकार राकेश प्रसाद चौधरीले मानव अधिकार शिक्षा मानव चेतना विकासक्रम बाल्यावस्थासँगै जोडी विद्यालय पाठ्यक्रममा समवेश हुँदा शिक्षा प्रभावकारी हुनेमा जाेड दिनुहुँदै यसले व्यवहारमा समेत विकास हुने बताउनु भयो । मानव अधिकार शिक्षा र चेतनाको अभावले मानव अधिकार उल्लङ्घनका घटनाहरू बढी रहेको पत्रकार चौधरीको भनाइ थियो ।

जिल्ला प्रसाशन कार्यालय महोत्तरीका प्रसासकीय अधिकृत कामेश्वोर यादवले हरेक सरोकारवला निकायले आआफ्नो पक्षबाट जिम्मेवारी पूर्ण रुपमा बहन गर्न सक्यो भने हरेक व्यक्तिले मानव अधिकारको प्रत्याभूत गर्ने वातावरण बन्ने बताउनु भयो ।

कार्यक्रममा जिल्लामा अवस्थित विभिन्न सरोकारवाला निकायका प्रमुख तथा पत्रकारहरूकाे उपस्तिथि रहेकाे इन्सेक जिल्ला प्रतिनिधिले जानकारी दिनु भयाे ।

IMG_20240628_120250

IMG_20240628_114230

IMG_20240628_114144

IMG_20240628_113156

अन्य

भिडियो