INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम

WhatsApp Image 2024-06-29 at 11.21.17 AM

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व  ०८१ असार १५ गते अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्साको आयोजनामा भएको कार्यक्रममा इन्सेकका पर्सा जिल्ला प्रतिनिधि शम्भुकुमार सुमनले ६ महिनामा पर्सामा जम्मा १४ ओटा मानव अधिकार उलङ्घनका घटनाहरूकाे प्रतिवेदन प्रस्तुत गर्नु भयाे । प्रस्तुत प्रतिवेदनमा विद्यार्थीमाथि शिक्षकद्वारा कुटपिट, राजनीतिकर्मीमाथि भएको कुटपिटको घटना, छोरी जन्मिएपछि अस्पतालमै छोडेर आमा फरार, दाईजोको विषयमा विवाद हुँदा बेहुलासहित पाँच जना गिरफ्तारकाे घटनाहरू  रहेको छन् ।

त्यस्तै, बालकलाई घर निर्माणको काममा लगाएका आरोपित विद्यालयका सञ्चालिका विरुद्ध उजुरी, प्रमुख प्रशासकीय अधिकृतमाथि जनप्रतिनिधिद्वारा नै दुर्व्यवहार, प्रहरीको कुटपिटबाट इ–रिक्सा चालक घाईते, म्याद गुज्रिएको केमिकल र औषधि प्रयोग गरेको आरोपमा अस्पतालका प्रबन्ध निर्देशक र डाक्टर गिरफ्तारको घटना पनि अभिलेख गरिएको इन्सेकका प्रतिनिधि सुमनले जानकारी दिनु भयाे ।

त्यसैगरी, ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार, महिला हत्या घटनाका आरोपितहरु विरुद्ध उजुरी, यौन दुर्व्यवहार, बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी, हत्या घटनाका आरोपित फरार र पत्रकारमाथि प्रहरीद्वारा भएको दुर्व्यवहारकाे घटना पनि इन्सेकद्वारा प्रकाशित हुने मानव अधिकार वर्ष पुस्तकको लागि अभिलेख गरिएको इन्सेक प्रतिनिधि सुमनले जानकारी बताउनु भयाे ।

यसबाहेक जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता भएका मानव अधिकार उल्लङ्घनका घटनाहरूको विषयमा खासै अभिलेख उपलब्ध नभएको उहाँले बताउनु भयाे । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय पर्साका जिम्मेवार व्यक्तिहरु पनि उपस्थित नभएपछि प्रहरी मानव अधिकारको विषयमा गम्भीर नदेखिएको सहभागीहरुले गुनासो गरेकाे थियाे ।

यता कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका इन्स्पेक्टर ज्ञानेन्द्र चन्दले मानव अधिकारको रक्षा गर्न प्रहरी सधैं तत्पर रहेको बताउनु भयो ।उहाँले प्रहरीबाट मानव अधिकार उल्लङ्घन गर्ने कार्य कहिले नहुने जाेड दिनु भयाे ।

पत्रकार एवम् दलित अधिकारकर्मी बृजलाल पासवानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रतिनिधि प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्द, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, पूर्व उपाध्यक्ष एवम् रेडियाे वीरगंजका अध्यक्ष ध्रुव साह, नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय महतो, प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष दिपक गौतम, केन्द्रिय सदस्य निरज पिठाकोटे मगर, जगत राई, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य मनोज पटेल, अफरोज अपर्ण, स्वतन्त्र मानव अधिकार समाजका प्रतिनिधि रामहरि तिवारी, ब्रिलिएन्ट युवा क्लबका सचिव उमाशंकर साह, भाेलन्टियर समूहका संयाेजक राजन श्रीवास्तव लगायतका सञ्चारकर्मी र मानव अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो ।

 

WhatsApp Image 2024-06-29 at 11.21.18 AM

WhatsApp Image 2024-06-29 at 11.21.17 AM (1)

WhatsApp Image 2024-06-29 at 11.21.16 AM

WhatsApp Image 2024-06-29 at 11.21.15 AM

अन्य

भिडियो