
अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरीको आयोजनामा भएको मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा बैठक कार्यक्रम इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानको अध्यक्षतामा ०८० पुस ५ गते सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा, प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्लामा मानव अधिकारको पक्षलाई सबै सरोकारवालाहरूले गम्भीरता पुर्वक लिनु पर्ने बताउदै इनसेकले प्रकाशन गर्ने वर्ष पुस्तक पृष्ठपोषणको रुपमा हुने बताउनु भयो ।
त्यस्तै, जिल्ला समन्वय समितिका प्रमुख सुमनलाल कर्णले मानव अधिकारको प्रत्याभूत गर्न पाउनु प्रत्येक नगरिकको मौलिक हक भएकाले राज्य यसको जवाफदेही हुनु जरुरी रहेको बताउनु भयो ।
नागरिकले आफ्नो अधिकार खोज्दा अरुको पनि अधिकारको ख्याल राख्नु पर्दछ अनि मात्र समाजमा मानव अधिकार उलंघनका घटना न्यूनीकरण हुने सशस्त्र प्रहरी बलका एसपी लेखनाथ खनालले भन्नू भयो । पत्रकार राकेश प्रसाद चौधरीले मानव अधिकार शिक्षा सँग परस्पर सम्बन्ध रहेको जिकिर गर्नु भयो । मानव अधिकार शिक्षा र चेतनाको अभावले हिंसा अपराध बढेको पत्रकार चौधरीले बताउनु भयो । त्यसै गरी, महिला सचेतनाकी अध्यक्ष साधना वर्माले भन्नु भयो–“मानव अधिकार उल्लङ्घनका घटनाह घर बाटै हुने गरेको र महिलाहरू बाहिरी हिंसा भन्दा पनि घर भित्र आफ्नै परिवारबाट बढी पीडित भएका छन् ।
कार्यक्रममा विभिन्न संघ संस्था, नागरिक समाजका प्रतिनिधि तथा पत्रकारहरूले जिल्लामा मानव अधिकारको स्थिति र वर्ष पुस्तकको सम्बन्धमा आआफ्नो धारणा राखेको इन्सेक जिल्ला प्रतिनिधिले जानकारी दिए ।
