INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

इन्सेक नेपालगञ्को अयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व समीक्षा कार्यक्रम मङ्सिर २९ गते नेपालगञ्जमा सम्पन्न भएको छ ।

इन्सेक बाँके जिल्ला प्रतिनिधि ध्रुबराज शर्माले सन् २०२३ मा जिल्लामा सङ्कलन गरेका मानव अधिकार उलङ्घन र ज्यादतीका १ सय ३५ वटा घटनाहरू प्रस्तुत गर्नु भएको थियो । जसमा बाल अधिकार अन्तरगत  बलात्कार र यौन दुर्व्यवहारका  ३५ वटा, महिला अधिकार अन्तरगत  बलात्कार , बलात्कारका प्रयास २१ वटा, परिवारजनबाट हत्या दुई वटा, हत्या तथा हत्या प्रयास तीन वटा, मानव बेचविखन तथा ओसारपसार आठ वटा, जातीय विभेद तीन वटा, दुव्र्यहार १० वटा, बहुविवाह २३ वटा, बाल विवाह एक, घरेलुहिंसा २७  वटा, अपहरण तथा शरीर बन्धक तीन र कारागारमा मृत्यु दुई वटा रहेका छन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवासचन्द्र बोहराले बाल सुधार गृहको नितिगत सुधार गर्न पहलका लागि आाग्रह गर्दै कारागारको दयनीय अवस्थालाई केन्द्रिय स्तरको ध्यान केन्द्रित गराउन पर्नेमा जोड दिनु भयो ।

अधिकारकर्मी प्रभात ठकुरीले उपभोक्ता अधिकारका विषयलाई पुस्तकमा समेटन सुझाव दिनु भयो ।बसन्त गौतमले शिक्षा, स्वास्थ्य, उपभोक्ता अधिकारका विषयका एजेण्डाहरूलाई पनि वर्ष पुस्तकमा राख्नु पर्ने बताउनु भयो । यसैगरी, अधिवक्ता विश्वजीत तिवारीले सार्वजनिक सरोकारका विषयमा परेका रिट निवेदनहरूलाई राख्न सुझाउनु भयो ।

जिल्ला कारागारका नैनबहादुर कार्कीले क्षमता भन्दा बढी कैदी बन्दीहरू भएकाको, भौतिक संरचना जीर्ण भएकाले समयमा सम्बन्धित पक्षको ध्यान जान जरूरी रहेको बताउनु भयो ।

इन्सेककी अधिकृत सरस्वती मल्लले प्रस्तुत गरिएका घटनामा सरोकारवाला निकायहरुसँग पुनर् पुष्टी गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

phot2023121601banke

अन्य

भिडियो