INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को प्रकाशन पूर्व वार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम मङ्सिर २४ गते गडीमा सम्पन्न भएको छ ।

७५ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोगित उक्त कार्यक्रममा इन्सेकले सन् २०२३ जनवरीदेखि हालसम्म अभिलेख गरेका घटना तथा अन्य नागरिक अधिकारका सवालहरुका बारेमा छलफल गरिएको थियो ।

photo20231210baitadi (1)

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले इन्सेकको मानव अधिकार वर्ष पुस्तक प्रकाशनले राज्यलाई जिम्मेवार बनाउनुका साथै मानव अधिकारको अवस्थाका बारेमा विश्लेषण गर्न समेत सहज हुने गरेको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘इन्सेक प्रतिनिधिले जिल्लामा भएका घटनाको प्रस्तुती गरी जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा जानकारी गराउनु सकारात्मक छ । यसले जिल्लामा मानव अधिकारको संरक्षणमा सम्बन्धीत पक्षलाई सहयोग गुग्ने छ ।’

अधिकारकर्मी कर्ण दयालले इन्सेकले द्वन्द्वकालमा मानव अधिकार रक्षा र प्रवर्धनका लागि खेलेको भूमिका उल्लेख गर्दै वर्तमान अवस्थामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका बारेमा इन्सेकले थप भुमिका खेल्नु पर्ने बताउनु भयो ।

photo20231210baitadi (3)

इन्सेक बैतडी प्रतिनिधि नरी बडुले सन् २०२३ जनवरीदेखि सन् २०२३ नोभेम्बरसम्म जिल्लामा ७३ ओटा मानव अधिकार उल्लङ्घनका घटनाहरु संकलन गरिएको र घरेलु हिंसाबाट ४९ जना, बलात्कारबाट १२ जना बालिका र नौ जना महिला, बहुविवाहबाट दुई जना र बालविवाहबाट एक जना पीडित हुनुभएको तथ्याङ्क समीक्षा कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो ।

अन्य

भिडियो