INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

चितवनमा पछिल्लो समय बढ्दो क्रममा महिला हिंसाका घटना भएको भन्दै अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् ।

इन्सेक चितवनले ०७९ पुस १२ गते भरतपुरमा आयोजना गरेको वर्ष २०२३ पूर्व समीक्षा कार्यक्रममा बोल्दै उनीहरूले चिन्ता व्यक्त गरेका हुन् ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय डिएसपी विजयराज पण्डितले गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका घटनामा प्रहरीले संवेदनशील भई अनुसन्धान गर्ने गरेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारीले मानव अधिकारका विषयमा समाचार लेख्दा पत्रकारहरूले आवश्यक ध्यान पुर्‍याउनु पर्ने बताए ।

received_647427877069178

अधिवक्ता मुकुन्द दाहालले मानव अधिकारको विषयलाई राज्य र गैरराज्य पक्षले गम्भीरताका साथ नलिँदा जघन्य अपराधका घटनाहरू बढिरहेको बताउनु भयो ।

पत्रकार प्रतिमा सिलवालले महिलाहरू कुनै न कुनै रूपमा घरभित्र र बाहिर असुरक्षित रहेको भन्दै राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सन् २०२२ मा  भएका मानव अधिकार उल्लङ्घनका घटनाबारे जानकारी गराइएको थियो ।

इन्सेक चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार यस अवधिमा महिला बलात्कार घटना १५, महिला बलात्कार प्रयास ११, बालिका बलात्कार घटना ५१, , हत्या सात, बाल यौन दुर्व्यवहार २७ घटना, आत्महत्या दुरुत्साहनका नौ, मानव बचबिखनका पाँच, बालक अपहरणका दुई गरी कुल १ सय ६१ घटना चितवनमा भएका छन् । सन् २०२१ मा यस्ता घटना संख्या जम्मा ९२ रहेको थियो ।

received_1194335198165938

अन्य

भिडियो