INSEC Online

📅 २०८३ जेष्ठ २१

द्धन्द्धपीडितको अवस्था र संक्रमणकालिन न्यायसम्बन्धी अन्तरक्रिया सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा ०८२ जेठ १० गते द्धन्द्धपीडितको अवस्था र संक्रमणकालिन न्यायसम्बन्धी अन्तरक्रिया कार्यक्रम जिल्ला सदरमुकाम गढीस्थित दशरथचन्द नगरपालिकाको हलमा सम्पन्न भएको छ ।

कार्यक्रममा उपस्थित अधिकारकर्मी, पत्रकार, द्धन्द्धपीडित तथा नागरिक समाजका प्रतिनिधिहरुले संक्रमणकालिन न्यायको काम टुङ्गोमा नपुग्दा आफूहरु सामाजिक बहिस्करण तथा राज्यको उपेक्षामा परेको बताएका थिए ।

photo20250526baitadi (4)

अयोग्य भनेर बहिर्गमनमा परेकी पूर्व लडाकु भगवती सार्कीले (सुसिला) आफूहरुलाई अहिलेसम्म पनि बिहान बेलुकाको हातमुख जोड्नका लागि गिट्टी कुट्न बाध्य भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘न कुनै राहात पाए, नत राज्यलेनै खोज्यो । अयोग्य भनेर फर्काइएपछि केही वर्ष भारतमा बसे । अहिले साँझ–बिहान खानका लागि समेत ठुलो संघर्ष गर्नुपरेको छ ।’

द्धन्द्धपीडित पूर्व लडाकु नन्दराम ओडले (क्रान्ति) भन्नुभयो, ‘जे परिवर्तका लागि ज्यानको बाजि लगाएर युद्ध लडियो अहिले त्यो परिवर्त नआएर जातीय विभेदको सामना गरिरहदा दुःख लाग्छ ।’

photo20250526baitadi (2)

अधिकारकर्मी सरस्वती नेपालीले द्धन्द्धपीडितहरुको वास्तविक तथ्याङ्क सरकारसँग नहुँदा द्धन्द्धपीडितहरुको क्षेत्रमा काम गर्न असहजभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘न एकीन तथ्याङ्क सरकारसँग छ, नत वास्तविक द्धन्द्धपीडितहरुको समस्या समाधान नै भएको छ ।आयोगहरु बन्छन, द्धन्द्धको द नजानेका व्यक्तिलाई राजनीतिक भागवण्डका आधारमा जिम्मेवारी दिइन्छ । अनि काँहाबाट हामीले न्यायको आशा गर्नसक्छौँ ।’

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले वास्तविक द्धन्द्धपीडितहरुको न्यायका लागि नागरिक समाज बलियो हुनु पर्ने बताउनु भयो ।

photo20250526baitadi (3)

उहाँले भन्नुभयो, ‘सरकारले आयोग मात्रै गठन गर्ने तर वास्तविक द्धन्द्धपीडितहरुको समस्याका बारेमा जिम्मेवार नहुँने विगतको परिपार्टी नदोहो¥याउनका लागि नागरिक समाजले शसक्त हुनुपर्छ ।’

कार्यक्रममा द्धन्द्धपीडित परिवारका प्रतिनिधि, अधिकारकर्मी, पत्रकार, नागरिक समाजका प्रतिनिधि लागयतको सहभागिता रहेको थियो ।

अन्य

भिडियो