INSEC Online

📅 २०८३ जेष्ठ २१

दाइजो प्रथाविरूद्ध सडक नाटक प्रदर्शन

इन्सेकद्वारा इच्छाकामना नपा —२ स्थित राष्ट्रिय मावि हात्तीवाङमा  गठित बाल अधिकार समूहको आयोजनामा जेठ १८ गते दाइजो प्रथाविरूद्ध सडक नाटक प्रदर्शन गरिएको छ ।

सडक नाटक प्रदर्शनका क्रममा विद्यार्थीहरूले दाइजो दिने प्रचलनको विरोध गरेका थिए । अभिनयका क्रममा विद्यार्थी कलाकारहरूले दाइजो प्रथा कुसंस्कार रहेको भन्दै दाइजो दिने र लिने काम सामाजिक अपराध रहेको सन्देश दिन खोजेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोकबहादुर मगरले विद्यार्थीहरूको सहभागितामा दाइजो प्रथा विरुद्धको सचेतनामुलक कार्यक्रम हुनु राम्रो विषय भएको बताउनु भयो ।

इन्सेक बागमती प्रदेश कार्यालयको समन्वयमा उक्त कार्यक्रम प्रदर्शन भएको जिल्ला सहजकर्ता गायत्री गिरीले बताउनु भयो ।

photo2024060101chitwan

अन्य

भिडियो