INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया सम्पन्न

मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा छलफल तथा  पीडितलाई न्यायमा पहुँच विषयमा जिल्ला प्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रम पुस ७ गते विराटनगरमा सम्पन्न गरिएको छ ।

अनौपचारि क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १, कार्यालयको आयोजनामा प्रदेश १ का जिल्ला प्रतिनिधिसँग जिल्लाको मानव अधिकार अवस्था र पीडितलाई न्यायमा पहुँचका विषयमा अन्तरक्रिया सम्पन्न गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा इन्सेक प्रदेश १, प्रमुख सोमराज थापाले इन्सेकले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका अभिलेख मात्र नगरी मानव अधिकार घटनामा पीडितलाई न्यायका लागि पहुँच र पहल गर्ने बताउनु भयो । उहाँले इन्सेकले मानव अधिकार रक्षक र मानव अधिकार घटनामा पीडितलाई न्यायका लागि पहुँच पुर्‍याउने कार्य गर्दै आएको बताउनु भयो ।

अन्तरक्रियामा उदयपुर प्रतिनिधि प्रतिनिधि राकेश नेपालीले स्थानीय तह निर्वाचन ०७९ मा उदयपुरमा निर्वाचनका दिन प्रहरीले चलाएको गोली प्रहारबाट एक जना स्थानीयको मृत्यु भएको घटनामा सरकारले पीडित परिवारलाई राहत दिने सम्झौता गरेपनि सो निर्णय कार्यान्वयन नभएकाले इन्सेकले पीडित परिवारलाई न्याय दिलाउन पहल गरिरहेको बताउनु भयो ।

ताप्लेजुङ प्रतिनिधि देवराज गुरूङले जिल्लामा इन्सेक प्रतिनिधिहरूले मानव अधिकारका घटनामा पीडितलाई न्यायमा पहुँचका लागि प्रशस्त कार्य गरेको भएपनि इन्सेक प्रतिनिधिले व्यवस्थित दस्तावेजीकरण गर्न नसक्दा इन्सेक अभियानले पीडितलाई न्यायमा पहुँच स्थापित गरेको विषय सर्वसाधारण समक्ष पुर्‍याउन समस्या भएको बताउनु भयो ।

इन्सेक प्रदेश १, कार्यालयका प्रलेख अधिकृत पुण्य अधिकारीले पीडितलाई न्यायमा पहुँचका लागि इन्सेकले प्रदेश १ मा मानव अधिकार हेल्प डेस्क राखी कार्य गर्दै आएको बताउनु भयो । उहाँले मानव अधिकार रक्षकलाई कुनै किसिमको सहयोग गर्नु पर्दा हेल्पडेस्कको निर्णय अनुसार सहयोग गरिने बताउनु भयो ।

अन्तरक्रियााम इन्सेक अनलाइनका समाचार सम्पादक रमेश तिम्सिनाले इन्सेकले गर्ने घटना अभिलेख, अभिलेखमा समेटिने विषयका आधारमा जिल्ला प्रतिनिधिले पीडितलाई न्यायमा पहुँचका लागि कार्य गर्न आवश्यक रहेको बताउनु भयो ।

इन्सेक केन्द्रीय कार्यालयका गोविन्द त्रिपाठीले इन्सेक अभियानले मानव अधिकार सचेतनासहित पीडितलाई न्यायमा पहुँचका लागि काम गर्ने भएकाले सोही अनुसार कार्य सम्पादन गर्न जिल्ला प्रतिनिधिलाई आग्रह गर्नु भयो ।

अन्तरक्रिया कार्यक्रमा प्रदेश १, का १४ जना जिल्ला प्रतिनिधिसहित इन्सेक प्रदेश कार्यालय र केन्द्रीय कार्यालयका प्रतिनिधि सहभागिता थिए ।

Photo 20221222 Morang (1)

Photo 20221222 Morang (2)

Photo 20221222 Morang (3)

Photo 20221222 Morang (4)

अन्य

भिडियो