INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा इन्सेकका संयोजक सम्मानित

१८ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महत सम्मानित हुनुभएको छ ।

दलित महिला सङ्घ (FEDO), बाँकेद्वारा आयोजित सम्पन्न जातीय छुवाछुत तथा लैङ्गिक विभेदसम्बन्धी धर्म गुरुहरूसँग अन्तर संवाद कार्यक्रममा जातीय तथा लैङ्गिक विभेद विरुद्धको अभियानमा योगदानको उच्च मूल्याङ्कन गर्दै संयोजक महतलाई ०८१ जेठ २२ गते प्रशंसा पत्रले सम्मान गरिएको हो ।

नेपालगञ्जमा सम्पन्न जातीय छुवाछुत तथा लैङ्गिक विभेदसम्बन्धी धर्म गुरुहरूसँग अन्तर संवाद कार्यक्रममा जातीय तथा लैङ्गिक विभेद विरुद्धको अभियानमा निरन्तर योगदानको उच्च मूल्याङकन गर्दै १८ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा प्रशंसा पत्रले सम्मान गरिएको कदर पत्रमा उल्लेख छ ।

Photo04062024Banke

अन्य

भिडियो